बुटवल ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९को रोकथामको लागि गरिएको लकडाउनका कारण प्रभावित दैनिक ज्याला मजदुरी गरी खाने विपन्न वर्गको राहतको लागि बुटवलका एक समाजसेवीले खाद्यान्न वितरण गरेका छन् ।
वुटवल उपमहानगरपालिका११ हात्तिसुढ टोल विकास संस्थाका अध्यक्ष एवं गोल्डेन वुद्ध रियल स्टेट प्रा.लि.का अध्यक्ष भिमसेन श्रेष्ठले ७० घर परिवारलाई वुधवार खाद्यान्न वितरण गर्नुभएको हो ।
आफ्ना हजुरवुवा भागिराम श्रेष्ठ र हजुरआमा गणेश कुमारी श्रेष्ठको स्मृतिमा प्रतिपरिवार ५ किलो चामल, दाल, तेल, लसुन, आलु, नुन लगायतका खाद्यान्न सामाग्री वितरण गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । खाद्यान्न वितरण कार्यक्रममा टोल विकासका सचिव कृष्ण भण्डारी, कोषाध्यक्ष सरस्वती गलामी, सहसचिव राकेश खड्का, समाजसेवी राजु रसाईली, इश्वरीदेवी भट्टराई, सुजन परियार लगायतको सक्रिय सहभागिता रहेको थियो ।
सो अवसरमा अध्यक्ष श्रेष्ठले घर भाडामा वस्ने १० परिवारलाई एक महिनाको भाडा छुट गरेको जानकारी दिनुभयो ।
यस्तै ब्यवसायिक वकिल समाज ९प्रोफल०ले पनि बुटवल उपमहानगरपालिका वडा नं। १५ मा लकडाउनको प्रभावबाट दैनिक छाकटार्न समस्यमा परेका अति विपन्न ५३ घरधुरीका परिवारलाई घरघरमा पुगी चामल, दाल, नुन, तेल लगायतका खाद्य सामाग्री बितरण गरेको छ ।
खाद्य सामग्री आफ्ना स्वर्गीय पिता गोविन्द वियोगीको स्मृतिमा छोरी रोशनी वैद्य मलेगो, छोरा ज्योति वैद्य र छोरी डा चादनी वैद्य श्रेष्ठले सहयोग स्वरुप उपलब्ध गराउनुभएको थियो । राहत वितरणले गरिखाने वर्गलाई रातह भएको समाजसेवी नारायण बन्जाडेले बताउनुभयो ।
प्रकाशित मिति : बुधबार, चैत्र १९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्