ईटा ब्यवसायद्धारा कोरोना भाइरस उपचार कोषमा सहयोग

ईटा ब्यवसायद्धारा कोरोना भाइरस उपचार कोषमा सहयोग

भैरहवा ।
दैबी प्रकोप, सामाजिक तथा रचनात्मक कार्यक्रममा आर्थिक, भौतिक सहयोगका साथै संस्थागत सहभागिता जनाउदै आएको लुम्विनी ईटा उद्योग ब्यवसायी संघ रुपन्देहीले ‘कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोष’मा पनि सहयोग गरेको छ ।कोरोना भाइरस सँक्रमणको महामारीले अहिले पूरै विश्व प्रभावित भएको बेला सरकारले गरेको निर्णय कार्यान्वयन गर्नु र सबैले आआफ्नो ठाउंबाट सक्दो सहयोग गरेमा मात्र यसको जोखिमबाट बच्न र अरुलाई बचाउन सकिन्छ भन्ने उद्देश्यले संघले संस्थागत सहयोग गर्ने निर्णय गरेको संघका अध्यक्ष थानेश्वर घिमिरेले बताउनु भयो ।
केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय निकायहरु यतिबेला कोरोना भाइरस संक्रमण रोकथाम अभियानमा जुटिरहेको अवस्थामा यो अभियानमा साथ र सहयोग दिनु सबैको साझा दायित्व र कर्तब्य भएकाले ईटा उद्योग ब्यवसायी संघले प्रदेश सरकार, जिल्ला विपद ब्यवस्थापन समिति र स्थानीय निकायले स्थापना गरेका राहत कोषमा सक्दो सहयोग गरेको अध्यक्ष घिमिरेले वताउनु भयो ।
संघकै पहलमा विभिन्न पालिकामा सञ्चालित ईटा उद्योगका संचालकहरुले समेत आफ्नो पालिकाले स्थापना गरेका ‘कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोष’मा आर्थिक सहयोग गरेका छन् । बुधबार मात्र संघको आह्वानमा तिलोत्तमा नगरपालिका क्षेत्रमा स्थापित ईटा उद्योगका संचालकहरुले तिलोत्तमा नगरपालिकाले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोष’मा रु. ५१ हजार रुपैयाँ प्रदान गरेको संघका कोषाध्यक्ष बाबुराम पाठकले जानकारी गराउनु भयो । संघका कोषाध्यक्ष पाठक र कार्यसमिति सदस्य मुक्ति बश्यालले नगरपालिकाका प्रमुख बासुदेब घिमिरेलाई ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो ।
यस्तै संघले यस अघि प्रदेश सरकार प्रदेश ५ ले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोष’ मा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको संघका सचिव अजय कुमार गुप्ताले जानकारी दिनसभयो । संघले जिल्ला विपद ब्यवस्थापन समिति रुपन्देहीको कोषमा समेत ५१ हजार १११ रुपैयाँ सहयोग गरेको सचिव गुप्ताले वताउनु भयो ।

कोरोना भाइरसको सँक्रमण र उच्च जोखिमवाट जोगिन नेपाल सरकारले मुलुकलाई लक डाउन गरेको र सबै नागरिक आआफ्ना घर भित्र बसेर रोगको सँक्रमणमा पर्न नपरोस भनेर कामना गरेको अवस्थामा संघले पनि यो रोगको संक्रमण र जोखिमबाट बच्न विभिन्न राहत कोषमा आर्थिक सहयोग गरेको संघका तृतिय उपाध्यक्ष अजय अधिकारीले बताउनु भयो ।

संघले केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय निकाय र जिल्ला ब्यवस्थापन समितिले विपदका बेला स्थापना गरेको राहत कोषलाई थप मजवुद वनाउन लुम्विनी ईटा उद्योग ब्यवसायी संघमा आवद्ध सबै इटा उद्योगहरुले आआफ्नो पालिकाले स्थापना गरेका राहत कोषमा सक्दो आर्थिक सहयोग गर्ने योजना रहेको संघका सदस्य जगत कार्कीले बताउनु भयो ।

कोरोना भाइरस सम्वन्धी मिथ्या समाचार र हल्लाले धेरै मानिसको मानसिक स्वास्थ्यमा प्रभाव पारिरहेको यो परिस्थितिमा सबै मिलेर यसको रोकथाम गर्नु र आम मानिसको आत्मवल बढाउने लगायतका कार्यक्रम संचालनका लागि पनि संघ सहयोग गर्न तयार रहेको संघका सदस्य विक्रमरत्न बज्राचार्यले बताउनु भयो । यो बेला विभिन्न सामाजिक संघसंस्था र नागरिक स्तरबाट समेत सरकारले अगाडी सारेका कार्यक्रममा सक्रिय साथ र सहयोग गर्न जरुरी रहेको बज्राचार्यको भनाईछ ।

प्रकाशित मिति : बुधबार, चैत्र १९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij