बुटवल। बुटवल नेपाल तरुणदल बुटवल उपमहानगर कमिटीले कोरोनाको आशंकामा उपचार गराइरहेका सैनामैनामा अस्थायी बसोबास गर्ने बाबुराम थापाको परिवारलाइ स्थानीय सरकारबाट उचित क्षतीपुर्ती र परिवारजनमा राहतको ब्यबस्था गर्न माग गरेको छ । तरुण दल बुटवल उपमहानगर कमिटीका अध्यक्ष सुजन पुनद्धारा जारी बिज्ञप्तिमा कोरोना बिशेष अस्पताल बुटवलमा बिरामीको कोरोना संक्रमण नभइ अन्य कारणले मृत्यु हुने अबस्था आउनु दुखत भएकाले अन्य स्थानीय तहहरुले निर्माण गरेको क्वारेन्टाइन र आइसोलेसन वार्डप्रती पनी गम्भिर प्रश्न उठाएको बताइएको छ । सामान्य ज्वरो र रुघाखोगी लाग्दैमा अकालमा ज्यान गुमाउनु पर्ने अबस्था नदोहोरीयोस भन्दै स्थानीय सरकारलाइ राहतको ब्यबस्था गर्न माग गरिएको छ ।
प्रकाशित मिति : बुधबार, चैत्र १९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्