किङ जिजस चर्चद्धारा खाद्यान्न सामाग्री वितरण

किङ जिजस चर्चद्धारा खाद्यान्न सामाग्री वितरण

मोतिपुर – विश्वव्यापी कोरोना भाइरस माहामारीका कारण सरकारले घोषणा गरेको लकडाउन अवधिमा संकटमा परेका गरीब तथा असहाय परिवारलाई किङ जिजस चर्चका पास्टर तिलक जोसेपले खाद्यान्न सामाग्री वितरण गर्नुभएको छ ।
कोरोना भाईरस (कोभिड–१९) संक्रमण रोकथामकालागि सरकारले लकडाउन गरेपछि दैनिक ज्यालादारी गरि खानेवर्गलाई लक्षित गरेर ३० हजार बराबरको खाद्य सामाग्रि घर- घरमै पुगेरखाद्यान्न वितरण गरिएको हो ।

कोरोना भाइरस सँक्रमणको महामारीले अहिले पूरै विश्व प्रभावित भएको बेला सरकारले गरेको निर्णय कार्यान्वयन गर्नु र सबैले आ -आफ्नो ठाउंबाट सक्दो सहयोग गरेमा मात्र यसको जोखिमबाट बच्न र अरुलाई बचाउन सकिन्छ, साथै सेवकाई चर्च भित्र मात्र सिमित हुनु हुदैन भन्ने उद्देश्यले बुटवल १७ रानीगन्जको शिवनगर बस्तीमा सहयोग गरेको पास्टर जोसेपले बताउनु भयो ।

राहत अन्तर्गत बुटवल १७ रानीगन्ज मा रहेको शिवनगर बस्तीमा भाडामा बसोबास गर्ने अति बिपन्न र ज्यालादारी गरेर जीवन धान्ने ३० परिवारलाई १५ के।जी चामल , एक के ।जी नुन , एक के ।जी दाल , एक पोका तेल र कोरोना बाट बच्न पटक पटक हात धुन पर्ने आवश्कतालाई मध्यनजर गर्दै साबुन वितरण गर्नुभएको हो।


वडा अधक्ष्य सन्त बहादुर रानाको अनुमति लिएर कोरोना भाइरसको सँक्रमण र उच्च जोखिमवाट जोगिन नेपाल सरकारले मुलुकलाई लक डाउन गरेको र सबै नागरिक आआफ्ना घर भित्र बसेर रोगको सँक्रमणमा पर्न नपरोस भनेर कामना गरेको अवस्थामा आफुहरुले पनि यो रोगको संक्रमण र जोखिमबाट बच्न साथै राहत बितरण गरिएको चर्चका युवा जोनाथन घतानेले बताउनुभयो ।

प्रकाशित मिति : बिहिबार, चैत्र २० २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij