बुटवल –रेमिट्यान्सका माध्यमबाट देशको अर्थतन्त्र धानेका नेपाली युवाहरु भारिय सिमानाकाहरुमा अलपत्र परेको विषयमा गंंभिर ध्यानाकर्षण भएको नेपाली कांग्रेस रुपन्देहीले जनाएको छ ।
आफ्नै देशमा आएर क्वारेन्टाईनमा वस्न तयार भएका सिमामै रहेका नेपालीहरुलाई स्वदेशमा आउने वातावरण बनाउन सरकारसंग कांग्रेसले माग गरेको छ ।
स्वास्थ्य संवेदशिलतालाई बुझ्दै कतिपय व्यवहारिक कठिनाईलाई भारतिय पक्षसंग संवाद गरि समस्याको समाधान गर्न सकिने भन्दै सिमावाट उद्धार गरिएका नेपाली युवाहरुलाई सरकारले स्वास्थ्य परिक्षण गरेर दिए उनीहरुलाई खानेवस्ने व्यवस्था नेपाली कांग्रेस रुपन्देहीले गर्ने पनि जनाईएको छ । पार्टि सभापती अब्दुल रज्जाक र सचिव रामकृष्ण खांणद्धारा जारी गरिएको विज्ञक्तीमा यसरी अलपत्र परेका सबैलाई राख्न आवश्यक परे आफ्नै पार्टि कार्यालय समेत दिन तयार रहेको भनिएको छ । पटक पटक दशगजा क्षेत्रमा आएर अलाप गरिरहेका नेपालीहरुलाई नेपालमै राखेर उनिहरुको स्वास्थ्य परिक्षण देखि खानपानको व्यवस्थापनमा कांग्रेसले जोड दिएको छ ।
प्रकाशित मिति : बिहिबार, चैत्र २० २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्