मोतिपुर -प्रदेश न. ५ को अस्थाई राजधानी बुटवल हो । बुटवल उपमहानगरपालिका वडा नम्बर १७ मा तिनाउ खोलाको वरिपरि सुकुम्वासी वस्ती हो । जहा गरीव र विपन्न वर्गको वाहुल्यता छ । सवै जसो सरकारी कार्यलयहरुको दुरी त्यो वस्ती संग धेरै नजिक छन । आज कोराना भाइरसका कारण लकडाउन भएको पनि १२ दिन भयो । तर ती वस्तीका जनताहरु कोरोना, लकडाउन, सुरक्षा र जनचेताना वारे अनविज्ञ भएको पाइन्छ ।

सेक्टर नम्बर ९ मा बस्ने होमिया थारु १ हप्ता देखि नुन संग भात खाएर बसेको गुनासो गरिन। खाद्यन्न अभावका कारण कहिले छिमेकिले तरकारी दिएपछि खान्छीन त कहिले साझमा भोकै पनि बस्ने गरेको बताइन, उनलाइ बन्द के कारणले भयो भन्ने थाहा छैन आफ्नो उमेर अन्दाजि ६५ बर्ष बताउने उनि अरुको घरमा भाडा धुने ,चामल हेर्ने,कपडा धुने घरायसि काम गर्ने गरेको बताइन, उनि २ छोरा बुहारीले नहेरे पछि उक्त काम गर्न बाध्य भएको बताउछिन ।
अहिले लकडाउनले गर्दा भने साझ बिहान छाक टार्न समस्या भएको गुनासो गरिन । चुलो तिर हेर्दै उनीे भन्छिन ,“कहिले छिमेकिले तरकारी दिन्छन र खान्छु आज पकाएर नुन संग भात खाए चामल अब २ कुरुवा मात्र छ। अब मैले के खाने ”?
यो बन्द रोगको कारण भएको भन्नेकुरा उनले आज बिहान मात्र थाहा पाएको बताइन खै के के लाउन पर्छ भन्दै थिइ नातिनिले तर आफूलाइ के खाने भन्ने पिर छ उनले भनिन, अन्य ठाउहरुमा गरिबलाइ खाद्यन्न सरकारले दिन्छ भन्ने नातिनिले बताइ, यहा त मैले केहि पाएकि छैन ।
त्यस्तै सेक्टर नम्बर ९ मा बस्ने मिना कुमाललाइ पनि लकडाउन के कारणले भएको भन्ने समेत थाहा छैन ,उनलाइ मात्र बन्दमा २ छोरा १ छोरीको बिहान साझ छाक टार्ने समस्याले बताउछिन, घरबाट बाहिर निस्कन हुदैन भन्छन किन हो थाहा छैन उनि भन्छिन“ बन्दले काम पनि रोकियो घरमा भएको चामल पनि सकिन लायो किन यति धैरै बन्द गरेको होला ?”
कुमाललाइ सरकारले अति बिपन्न परिवारलाइ राहत उपलब्ध गराउछ भन्ने रेडियोमा सुनेपनि स्वयम आफुले भने अहिले सम्म नपाएको र वडाबाट समेत कुनै जानकारि नभएको बताएकि छिन। कुमाल मात्र होइन सेक्टर नम्बर ८ मा बस्ने तिल कुमारी परियारको पनि समस्या उस्तै छ देसमा लकडाउन भएपछि छोराले गर्ने काम रोकियो आज लकडाउन भएको पनि १२ दिन बित्यो भएको चामल दाल पनि सकिन लाग्यो अब यो सकिएपछि के खाने भन्ने चिन्ता लागेको उनले बताएकि छिन,उनि भन्छिन मैले रेडियोमा सुनेको गरिबलाइ अन्न दिन्छन भन्ने तर आफुले भने नपाएको बताइन । “रेडियो टिभिमा हात धुन मास्क लगाउन सेनेटाइजरको प्रयोग गर्नपर्छ भन्ने सुनेको छु हामिलाइ खानाकै समस्या छ रोगले भन्दा पनि भोकले लैजान्छकि उनले भनिन ।”
सरकारले दैनिक ज्यालादारी मजदुरलाई ‘लकडाउन’ अवधिभर राहत उपलब्ध गराउने निर्णय गर्यो।

यता प्रदेश सरकारले राहतको नाममा प्रचार प्रसार गरिरह्यो । सरकारले गरेको राहत र सचेतनाको प्रचार प्रसारले भने यस बस्तीका मानिसलाइ छुन सकेन ।
आफ्नो घर बसे पनि भाडामा बसे पनि गरिब भने गरिबै हुन तर भाडामा बस्नेका लागि भने त्यो राहतले सम्बोधन नहुने भने पछि आर्थिक रुपले बिपन्न परिवार चिन्तीत छन ।
कहिले ट्रयाक्टरमा लेबर काम गर्ने त कहिले घर निर्माणको काम गर्ने बिष्णु सुनार सेक्टर नम्बर ११ मा भाडामा बस्छन , दैनिक गुजारा चलाउन धौ धौ छ काम रोकियो । अब कसो गर्ने अनि भन्छन।
उनले अति बिपन्न परिवारलाइ राहत पाइन्छ भनेर नाम टिपाउन जादा घरभाडामा बस्नेलाइ राहत पाइदैन राहत को लागि भोटलिष्टमा नाम हुनुपर्दछ भनेर नाम टिपोट नभएको गुनासो समेत गरे उनले बास्तबिक समस्यामा परेको आफूलाइ राहतमा बिभेद भएको बताए ।

सेक्टर नम्बर १० मा बस्ने पार्बति नेपाली दैनिक जिबिकोपार्जन गर्न घर बनाउने काम गर्ने बताइन ।यो लकडाउनले काम बन्द भयो घरको भाडा कसरी तिर्ने ४ जनाको परिवार कसरी पालिने भन्ने चिन्ताले उनलाइ सताउदछ ।राहतको लागि टोल समितिमा नाम दर्ता गराए पनि ११ दिन सम्म केहि नपाएको उनले गुनासो गरिन ,उनि भन्छिन “कि हामिले काम गर्न पाउन पर्छ होइन भने राहत हामिलाइ छिटो उपलब्ध गराउनुपर्छ ।”
उनिहरु त प्रतिनिधि पात्र मात्र हुन लकडाउनका बेला बिहान र साझको छाक कसरी टार्ने भन्ने धेरै बिपन्न बर्गका परिवार यस क्षेत्रमा बसोबास गर्छन ।
उपमहानगरपालिका लगायत बिभिन्न संघ संस्थाहरुले कोरोना सम्बन्धी सचेतना अभियान पनि संचालन गरका छन बिभिन्न ठाउमा कोरोना संक्रमण बाट बच्न माइकिङ तथा बिभिन्न संचार माध्यमहरुमा सुचनामुलक सन्देश पनि प्रसारण भइरहेका छन तर बुटवल उपमहानगरपालिका वडा नम्बर १७ मा बसोबास गर्ने धेरै बिपन्न परिवार भने राहत र सचेतना सम्बन्धी अनबिज्ञ रहेका छन।
बुटवल १७ का सुकुम्बासिहरु विच जनचेतनाको अभाव छ ,सरकार र विभिन्न सरोकारवालाको जवाफ देहीता र दायित्व हो तर त्यो विषयमा कोहि पनि प्रभावकारी रुपमा पचिालन हुन सकेको छैन यहाका अधिकांस मानिसहरु संकटमा पर्दैछन । न मास्क लगाउछन ,न सामाजिक दुरि नै कायम गर्छन नत भिडभाडमा जान डराउछन । जसका कारण पनि उनिहरुले कोरोना भाइरस बिरुद्ध कसरी सचेत हुने भन्ने बिषयमा अल्प ज्ञानमा छ, यो विषय गंभिर र सोच्नुपर्ने बिषय हो यसवाट पर्न सक्ने प्रभाववाट समयमा सवै जना सचेत र सजग हुन जरुरी छ ।
वडा न. १७ का वडा अध्यक्ष सन्त बहादुर रानाले कोरोना र वर्तमान अवस्था वारेमा सचेतनाको लागि माइकिगं गरेको र आफु लगायत वडा सदस्यहरुले पनि घरघरमा पुगेर सचेत गराएको बताए । तर त्यसको प्रभाव जनताका विच देखिएन । राहत बितरणको लागि आफूहरु अन्तीम तयारीको चरणमा रहेको र यसैको बिषयमा बैठक बसीे अबको ४,५ दिन भित्रनै अति बिपन्न परिवारलाइ राहत बितरण गरिने बताए । साथै उनले सहयोग गर्न चाहने ब्यक्ति, संघ संस्थाहरुलाइ अनुरोध गर्ने समेत बताए । १८०० घरधुरी भएको वडा नम्बर १७ मा,सुकुम्बासि हरुको १३ सय घरधुरी रहेको छ । वडा, सरकार र संघसंस्थाले गर्ने सबै प्रकारको सहयोग सामाजिक न्याय, समान्ता र आवश्यकताको आधारमा होस , जाति,धर्म,वर्ग,राजनिति र शक्तिको आधारमा विभेद र पक्षपात नहोस । र साच्चै ति बिपन्न र गरीव जनताको पक्षमा होस । त्यसका लागि सवैको सकृयता,सहयोग र योगदानको आवश्यकता छ ।
प्रकाशित मिति : शुक्रबार, चैत्र २१ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्