क्ञ्चनका सहकारीहरुले कर्जामा चैत्र महिनाको कुनैपनि शुल्क नलिने

क्ञ्चनका सहकारीहरुले कर्जामा चैत्र महिनाको कुनैपनि शुल्क नलिने

कञ्चन

कञ्चनका सहकारीहरुले आफ्नो कर्जाको ब्याज,सेवा सुल्क र हर्जना लगायत अतिक्ति शुल्क नलिने भएको छ ।सनानेतिनो सहकारी संस्था कञ्चन ४ को कार्यलयमा आज बसेको सहकारी संजाल,कञ्चनको बैठकले मातहतका संस्थागत सदस्यहरुलाई सहकारीले लगानी गरेको कुनैपनि कर्जाको ऋणहरुबाट ब्याज,हर्जना,सेवा शुल्क,हर्जना लगायतका शुल्कहरु नलिन आग्रह गरेको छ ।

महामारीको रुपमा बिश्वका २ सय ५ देशहरुमा नोवल कोरोना भाइरस कोभिड १९को सम्भाबित संक्रमणलाई रोकथाम गर्न नेपाल सरकारले देशभर लकडाउन गर्न गरेको निर्देशन अनुसार कञ्चनमा पनि लकडाउन भएको र सहकारीका सदस्यहरुले जुन उद्धेश्यका साथ सहकारीबाट लिएका ऋण लगानी गरेता पनि लकडाउनका कारण कुनै कारेबार तथा उत्पादनमा ह्रास आएकोले कञ्चनका बिभिन्न सहकारीहरुलाई आफ्नो कर्जाको कुनैपनि ब्याज,हर्जना,सेवा शुल्क,हर्जना लगायतका शुल्कहरु नलिन आग्रह गरेको हो ।

कञ्चनमा कृयाशिल सबै सहकारीका अध्यक्ष तथा प्रतिनीधिहरुको समेत सहभागि रहेको संजालको बैठकले सहकारी सदस्यहरुलाई महामारी रोगको संक्रमणबाट सुरक्षित हुन आ–आफ्नो घरमै होम क्वारेन्टाइनमा रही सम्भाबित संक्रमणलाई रोकथाम गर्न पुर्ण रुपमा पादना गर्न समेत आग्रह गरेको छ।सहकारीबाट ऋण लिई ब्यबसाय गरेका सहकारी सदस्यहरुले लकडाउनका बेला हुन सक्ने क्षतिको बिर्सजन गर्नु भन्दा पहिले सम्बन्धित सहकारीका अध्यक्ष,गाउपालिकाका सम्बन्धित कर्मचारीहरु मार्फत बिबरण टिपाउन बैठकले आग्रह गरेको छ ।

बिशेषगरी कृषिसंग सम्बन्धित पशुपालक किसान,कुखुरा पालक किसान,बिभिन्न खेती जन्य कार्यमा संलग्न किसानहरुलाई लकडाउनको समयमा हुन सक्ने क्षति प्रति सर्तकता अपनाउन यदी क्षति भएकाृ अवस्थामा पनि आफुखुशी ब्यबस्थापन नगर्न बिशेष आग्रह गर्ने निर्णय बैठकले गरेको सहकारी संजाल,कञ्चनका सदस्य तथा परिपकव बबचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पुष्पराज शर्माले जानकारी दिनु भएको छ।यदि कुनै क्षति भएको अवस्थामा लकडाउनका बेला हुन सक्ने कुनैपनि क्षतिलाई सरोकारवाला कार्यलय र संस्थालाई जानकारी नदिई ब्यबस्थापन गर्दा भोली राज्यले राहत प्याकेजको कार्यक्रम ल्याउदा ती क्षतिहरुको मुल्यांकन गर्न नसकिने भएकोले सकेसम्म सम्भाबित क्षतिलाई रोकथाम गर्न सम्पुर्ण सहकारी संस्थाका सदस्यहरुलाई जानकारी गराउने समेत निर्णय भएको शर्माले बताउनु भएको छ।

प्रकाशित मिति : शनिबार, चैत्र २२ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij