बुटवल।
नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय समिति रूपन्देही क्षेत्र नं २ (१) ले यही चैत १३ गते सामान्य ज्वरो आएर लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गएका रूपन्देही सैनामैनाका बाबुराम थापालाई बुटवल धागो कारखानामाा पठाइएको र कोरोनाको आशंकामा स्वास्थ्यकर्मीहरूले उपचार नगरेको र चैत १६ गते मृत्युु भएको तर उनको रिपोर्ट नेगेटिभ आएकोले उनको मृत्युुको कारणबारे छानबिन गरि सार्वजनिक गर्न माग गरेको छ समितिका सभापति माधवलाल देवकोटाले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरि बुटवल स्थित कोरोना बिशेष अस्पतालमा भएको बिरामीको मृत्युको कारण सार्वजनिक गर्न र मृतकका परिवारको राहत उपलब्ध गराउन माग गरेकोे छ ।
मृतकको शव अझैसम्म पनि उठन नसकेको भन्दै विज्ञप्तिमा मृतकका परिवारको भरणपोषण र राहतको व्यवस्था गरि शव उठाउने वातावरण बनाउन माग गरिएको छ ।
कोरोना भाइरसका कारण विश्वनै आक्रान्त भएको अवस्थामा दलिय स्वार्थ भन्दा माथि उठेर कोरोना बिरूद्व जनचेतना जगाउने कार्यमा लाग्न पनि विज्ञप्तिमा भनिएको छ



प्रकाशित मिति : शनिबार, चैत्र २२ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्