कञ्चन- कञ्चन गाउपालिकामा कृयाशिल ५ राजनैतिक दलको आज सर्बदलिय बैठक बसेको छ।आज बसैको सर्बदलिय बैठक पछि बिज्ञप्ती प्रकाशन गरी यस गाउपालिकासंग जोडिएको दक्षिण तर्फको नाकालबाट हुने आवत जावतलाई कडाइका साथ बन्द गर्न आग्रह गरेको छ।
बिज्ञप्तीमा बिश्वभर महामारीको रुपमा फैलिरहेको नोवल कोरोना भाइस कोभिड १९ सम्बन्धी सचेतना तुलनात्मक कम भएकोले ती स्थानिय पालिकाहरुसंग समन्वय गरी दक्षिण तर्फका पालिकाहरुबाट बिभिन्न बहानामा मानिसहरुको आवत जावत बढीरहेको प्रति कञ्चनका दलहरुको गम्भिर ध्यानार्कषण भएको उल्लेख गरिएको छ ।
बिश्वभर महामारीको रुपमा फैलिरहेको केरोना भाइरस को संक्रमण नेपालमा पनि दिन प्रतिदिन बढदै गइरहेको र यस संक्रमण रोगबारे समयमै सचेतना अपनाउन सकिएन भने देशमा भयाभह स्थिति आउन सक्ने भन्दै बिशेष गरी छिमेकी देश भारतको उत्तर प्रदेश९उत्तराखण्ड०मा यस रोगको संक्रमण द्रुत गतिमा बढिरहेको र छिमेकी देश भारतसंगको सिमाना खुल्ला रहेकोले त्यसको नकारात्मक असर नेपालमा पनि पर्ने बिज्ञप्तीमा उल्लेख गरिएको छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कञ्चन गाउ कार्यसमितिका अध्यक्ष भरतमणी सापकोटा,नेपाली कांग्रेस कञ्चनका सभापति यम बहादुर क्षेत्री,राष्ट्रिय जनमोर्चाका कपिल पौडेल,ने.क.पा. (माओबादी क्रान्तीकारी)का जित बहादुर क्षेत्री,राष्ट्रिय जनमुक्ति पार्टीका भैरब थापा मगरको संयुक्त हस्ताक्षर भएको बिज्ञप्तीमा महामारी रोग कोरोना भाइरस सम्बन्धी सचेतना दक्षिण तर्फ कम भएको र बिभिन्न बहानामा दक्षिण तर्फबाट मानिसहरुको आवत जावत बढी हुने गरेकोले दक्षिण तर्फको नाकाहरुलाई कडाइका साथ अनावस्यक आवत जावतलाई बन्द गर्न गाउपालिकालाई आग्रह गर्दै गाउपालिका भित्र लागु गरिएको लकडाउनलाई प्रभावकारी रुपमा पालना गराउन आम कञ्चनवासीलाई बिशेष आग्रह गर्न राजनैतिक दलहरुले गम्भिर ध्यानाकर्षण गराइएको छ ।
प्रकाशित मिति : शनिबार, चैत्र २२ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्