काठमाण्डौ – अमेरिकाको न्युर्योकमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणका कारण एकैदिन ६ सय ३९ जनाको ज्यान गएको छ । योसँगै न्युर्योकमा मात्रै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन हजार पाँच सय ६५ पुगेको बीबीसीले जनाएको छ ।
न्युयोर्क राज्यमा मात्रै सङ्क्रमितको सङ्ख्या एक लाख १३ हजार सात सयभन्दा धेरै छ । अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या आठ हजार चार सय ५२ पुगेको छ । यस्तै सङ्क्रमितको सङ्ख्या तीन लाख ११ हजारभन्दा बढी छ । अमेरिकाभरि शनिबार मात्रै एक हजारभन्दा धेरैको ज्यान गएकोमा आधा सङ्ख्या न्युयोर्कको रहेको खबरमा उल्लेख छ ।
न्युर्योकका गभर्नर एण्ड्रयु कुओमोले अबको चारदेखि १४ दिनमा राज्यमा कोरोना भाइरस सङ्क्रमणको प्रभाव अहिलेसम्मकै उच्च वा खराब स्तरमा देखिने चेतावनी दिएका छन् ।
यसैबीच विश्वका दुई सय ६ देश र दुई अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको कोरोनाका कारण १२ लाख एक हजार ९ सय ३३ जनामा सङ्क्रमण पुष्टि भएको वल्डोमिटरले जनाएको छ । जसमध्ये दुई लाख ४६ हजार ६ सय ३४ जना उपचारपछि निको भएका छन् ।
त्यस्तै आठ लाख ९० हजार पाँच सय ८३ जनाको उपचार भइरहेको छ । ६४ हजार सात सय १६ जनाको ज्यान गएको छ ।
प्रकाशित मिति : आइतबार, चैत्र २३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्