तिलोत्तमा। तिलोत्तमा नगरपालिकाले अत्यावश्यक कामबाहेक अन्य पालिकाबाट नगरमा हुने मानिसको आवतजावत रोक्ने निर्णय गरेको छ । आज बसेको कोरोना पूर्वतयारी निर्देशक समितिको बैठकले लकडाउनलाई प्रभावकारी बनाउन नगर प्रवेश गर्ने प्रमुख तथा सहायक सडक नाकामा सुरक्षाकर्मी र जनप्रतिनिधिको संयुक्त चेकजाँच टोली परिचालन गर्ने निर्णय गरेको हो ।
नेपालमा कोराना संक्रमण दोस्रो चरणमा प्रवेश गरेको तथा सीमावर्ती भारतीय गाउँमा कोरोनो संक्रमणका बिरामी फेला परेको अवस्थालाई मध्यनजर गरी समितिको बैठकले लकडाउनलाई प्रभावकारी बनाउन यस्तो निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्माले जानकारी दिनुभयो ।
निर्देशक समितिको बैठकले लकडाउनलाई प्रभावकारी बनाउन प्रहरी गस्ती बढाउने, खाद्यबस्तु, तरकारी तथा अत्यावश्यक सामान खरिद—बिक्रीको लागि तोकिएको समयसीमा घटाएर दिउँसो १२ देखि २ बजेको समय काम गर्ने लगायतका निर्णय छ ।
बैठकले अत्यावश्यक कामविना सडकमा हिँड्ने, चोक—चोकमा जम्मा हुने, तोकिए बाहेकको समयमा पसल खोल्नेहरुलाई कारवाही गर्ने निर्णय समेत गरेको । यस्तै जनप्रतिनिधिसँगको सहकार्यमा जनपद, सशस्त्र र नगर प्रहरीले गस्तीलाई प्रभावकारी बनाउने, अत्यावश्यक सामानको खरिद बिक्रीमा सामाजिक दुरी कायम नगराउने पसललाई बन्द गराउने समेतको निर्णय निर्देशक समितिको बैठकले गरेको छ ।
जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी र सञ्चारकर्मीका प्रतिनिधि संग्लन बैठकले नगरपालिकाका सबै कर्मचारीलाई कार्यालयको सम्पर्कमा राख्ने, स्वास्थ्य शाखामार्फत् कोरोना पूर्वतयारीको विस्तृत कार्ययोजना बनाउनेलगायतका निर्णय समेत गरेको छ ।
बैठकमा नगर प्रमुख बासुदेव घिमिरेले कोरोना संक्रमण रोक्न नगरपालिकाले गरिरहेका कामको बारेमा जानकारी गराउनुभएको थियो । यस्तै उपप्रमुख जागेश्वरी चौधरीले नगरपालिकाले छिट्टै दोस्रो चरणको राहत वितरण सुरु गर्ने जनाउँदै राहत सामाग्री वितरणमा एकद्धार प्रणाली अपनाइएको बताउनुभयो ।
प्रकाशित मिति : आइतबार, चैत्र २३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्