बेलबास
बुटवल उपमहानगरपालिका वडा नम्बर १३ले कोरोना भाइरस को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउन गरेपछि प्रभावितहरु बनेकालाई राहत वितरण गर्न सुरु गरेको छ ।

वडा कार्डाललयले अतिविपन्न, असाहय र मजदुरवर्गलाई राहत वितरण सुरु गरेको वडाध्यक्ष नारायण पुनले जानकारी दिनुभयो । उहाले आज ४७५ घरधुरीका १८११ जना सदस्य संख्या रहेका मज्दुर तथा अति बिपन्न परिवार मध्ये आज ८१ घर परिवारलाई स्थानीय सरकारले उपलब्ध गराएको राहत सामाग्री वितरण गरिएको जानकारी दिनुभयो।
पुनका अनुसार बॉंकि रहेकालाई भोलि वितरण गरिने भएको छ राहत अन्तर्गत चामल, दाल, तेल, स्वाबिन, नुनलगायतका खाद्य सामग्री रहेका छन् ।राहत सामाग्री पाए संगै पिडित परिवारले खुशी ब्यक्त गरेका थिए ।

कोरोना भाइरसको सङ्क्रमणलाई फैलिन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनबाट अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरेका कारण मानिसले घर बाहिर निस्कन पाएका छैनन् ।
यसबेला दैनिक ज्यालादारीको रकम आर्जन गरेर छाक टार्ने वर्गका परिवारलाई खाना र खाजा खानकै लागि समस्या पर्ने भएकाले समस्यामा परेकालाई राहत दिने सरकारले निर्णय गरेको थियो ।
जसअनुसार बुटवल उपमहानगरपालिकाले वडामा राहत बितरण गरिएको हो । दैनिक ज्यालादारीमा काम गर्ने व्यक्ति दैनिकरुपमा ज्याला मजदूरी गर्दै आएका बिपन्न परिवारलाइ राहत बितरण गरिएको हो ।वितरण कार्यक्रममा विभिन्न राजनितिका दलका प्रतिनिधी,सुरक्षाकर्मी तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।



प्रकाशित मिति : आइतबार, चैत्र २३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्