सैनामैना नगरपालिकाले भोली किटनाशक औषधी छर्किने

सैनामैना नगरपालिकाले भोली किटनाशक औषधी छर्किने

 

सैनामैना ।

रुपन्देहीको सैनामैना नगरपालिकाले ‘डिसइन्फेक्सन स्प्रे ’ किटनाशक औषधी छर्कने भएको छ । नगरपालिकाले सोमबार (भोली)  दिउँसो ४ बजेदेखी वडा नं १ बनकट्टा बाट किटनाशक औषधी छर्किने भएको हो ।

विभिन्न सामाजिक संघ संस्था तथा क्लवको सहकार्यमा बढी भिडभाड हुने क्षेत्र, नगरको सम्पुर्ण बजार क्षेत्र तथा गल्लीहरुमा किटनाशक औषधी छरिने सैनामैना नगरपालिकाका नगरप्रमुख चित्र बहादुर कार्कीले जानकारी दिनुभयो । नगरमा डेंगुको रोकथाम तथा कोरोना भाइरस ( कोभिड– १९ ) को संक्रमण हुन नदिन किटनाशक औषधी छर्न थालिएको नगर प्रमुख कार्कीको भनाइ छ ।

नगरपालिकाका सुचना अधिकारी केशवराज अर्याललले सोमबार दिउँसो ४ बजेदेखी वडा नं. १ बनकट्टाबाट किटनाशक औषधी छर्कने कार्यक्रम रहेकोले उक्त समयमा पशुचौपायाहरु नछोड्न सम्पुर्णमा आग्रह गर्नुभयो । उक्त कार्यमा आवश्यक सहयोग गर्न समेत सर्वसाधारणमा नगरपालिकाले अनुरोध गरेको छ ।

सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीको अध्यक्षतामा शनिबार बसेको बैठकले  विभिन्न सामाजिक संघ  संस्था तथा क्लवको सहकार्यमा बिषादि छर्कर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : आइतबार, चैत्र २३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij