जय श्री विश्वकर्मा समाजद्धारा राहत वितरण

जय श्री विश्वकर्मा समाजद्धारा राहत वितरण

बुटवल-  कोरोना भाइरस रोकथामको लागि गरिएको लकडाउनका कारण गरि खाने मजदुर वर्ग प्रभावित भएको भन्दै वुटवल ११ मा जय श्री विश्वकर्मा समाजले बुधवार राहत वितरण गरेको छ ।
हात्तिसुढ टोलका करिव ८२ घर परिवालाई चामल, तेल, नुन, सोयाविन लगायतका खाद्यान्न वितरण गरिएको अध्यक्ष राजु रसाईलीले जानकारी दिए । उक्त टोलमा २४ घर विश्वकर्मा समाजमा संगठित छन । उनिहरुले विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको कोषाध्यक्ष होम वहादुर विकले जानकारी दिए । बुटवल उप–महानगरपालिका वडा नं ११ को वडा सदस्य माया दर्नालले राहत वितरणकार्य निकै श्रहानिय भएको बताईन ।
टोल विकास संस्थाका अध्यक्ष भिमसेन श्रेष्ठ, समाजका अध्यक्ष राजु रसाईली, सल्लाहकार कृती बहादुर विक, समाजकी प्रतिमा विक, मोति माया विक लगायतले राहत वितरण गरेका थिए ।

प्रकाशित मिति : बुधबार, चैत्र २६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij