प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच टेलिफोन संवाद

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच टेलिफोन संवाद

काठमाण्डौ
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ ।आज बिहान भएको संवादमा कोरोना भाइरसको महामारीविरुद्ध भैरहेको सहकार्यलाई थप सशक्त बनाउने विषयमा छलफल भएको प्रधानमन्त्री ओलीले ट्वीटमार्फत जानकारी दिनुभयो ।
संवादका क्रममा लकडाउनको कारण एक अर्काको देशमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दिएको पनि प्रधानमन्त्री ओलीले जानकारी दिनुभएको छ ।
यस्तै आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज र सुचारु राख्न पनि छलफल भएको । भारत सरकारले उपलब्ध गराउने औषधिलगायतको सहयोगको लागि धन्यवाद दिएको पनि प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : शुक्रबार, चैत्र २८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij