काठमाडाैं : उद्यमी निर्वाण चौधरीको वैवाहिक जीवनमाथि टिप्पणी गर्दै पत्रकार दिनेश अाचार्यले सेयर बजार साप्ताहिकमा समाचार लेखे । समाचार अनलाइन संस्करणमा पोस्ट गरेर सामाजिक सञ्जालमा पनि धेरै सेयर भयो ।
पत्रिकामा छापिएको समाचार मात्रै प्रैस काउन्सिलले हेर्छ, तर तेहि समाचारलाई अनलाइमा पोस्ट र सामाजिक सञ्जालमा सेयर भएपछि विद्युतीय कारोबार ऐन आकर्षित हुन्छ भन्ने नेपाल प्रहरीको दाबी छ ।
निर्वाणले सो समाचारले आफ्नो चरित्र हत्या गरेको भन्दै विद्युतीय कारोबार ऐन , २०६३ को धारा ४७ मा टेकेर महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी गरे । आचार्य २०७० मा पक्राउ परे । निर्वाणले अाचार्यसँग ५५ करोड रुपैयाँ क्षतिपूर्ति मागसमेत गरेका थिए । तर, पत्रकार महासंघ र प्रेस काउन्सिलले मात्रै हेर्न सक्ने जिकिर गर्दै अदालतमा पैरवी गरे ।
काठमाडौं जिल्ला अदालतले पत्रकार अाचार्यलाई सफाई दियो । पत्रकारलाई विद्युतीय ऐन लगाइएको पहिलो हो ।
प्रकाशित मिति : शुक्रबार, मंसिर ७ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्