बुटवल उपमहानगरपालिकाले उपमहानगरका स्वास्थ्यकर्मीहरुलाई हटलाइन सेवामा खटायो

बुटवल उपमहानगरपालिकाले उपमहानगरका स्वास्थ्यकर्मीहरुलाई हटलाइन सेवामा खटायो

बुटवल । बुटवल उपमहानगरपालिकाले जनस्वास्थ्यलाई मध्यनजर गर्दै उपमहानगरका स्वास्थ्यकर्मीहरुलाई हटलाइन सेवामा खटाएको छ ।
बुटवलमा फिवर क्लिनिक मार्फत चेकजाँच सबै टोलहरुमा सेवा प्रवाह भइरहेको छ भने सचेतनाका कार्यक्रमहरु पनि चलिरहेका छन् ।
उपमहानगरपालिकाका १९ वटा वडाहरुलाई लक्षित गरि सञ्चालनमा रहेका सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र तथा स्वास्थ्य चौकीहरुमा फिवर क्लिनिकका साथै प्राथमिक उपचार सेवालाई अझ प्रभावकारी बनाउने काम भइरहेको प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो ।
जनस्वास्थ्यका क्षेत्र संवेदनशिल हुने भएको बताउँदै प्रमुख सुवेदीले एकातिर राहत वितरण, सचेतनाका कार्यक्रम संगै स्वास्थ्यकर्मीहरुमार्फत जनस्वास्थ्यको सेवा प्रवाहलाई प्राथमिकताका साथ सञ्चालन गरिएको बताउनुभयो ।

उपमहानरगरका विभिन्न ठाउँका स्वास्थ्य संस्थामा कार्यरत स्वस्थ्यकर्मीहरुलाई समय तालिका निर्धारण गर्दै हटलाइन सेवामा खटाइएको छ । नगरका स्वास्थ्य केन्द्रहरुमार्फत सेवाग्राहीलाई सेवा प्रवाह गरिने छ ।
अहिले फिवर क्लिनिक र प्राथमिक स्वास्थ्यका सेवाहरु प्रवाह गरिएका छन् । यी सेवाका अतिरिक्त अब जुनसुकै समयमा पनि उपलव्ध सेवा लिन सक्नेगरि स्वास्थ्यकर्मीहरुको नाम र सम्पर्क नम्बरसहितको जानकारी पत्र वडा र टोल–टोलमा पठाइएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिनुभयो ।

हृदया अधिकारी, हस्त हितांग, पदमपाणी अर्याल, सन्तोष पन्थी, पुजन ज्ञवाली, डा। राजिव केसी, राजेन्द्र गिरी तथा युवराज पाण्डेय र खिमबहादुर पौडेललाई हटलाईन सेवामा खटाइएको छ । उनीहरु सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र तथा स्वास्थ्य चौकी र उपस्वास्थ्य चौकीमा खटिएका छन् ।उहाहरुको समन्वय र विवरण संकलनको काम उपमहानगरको स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंहले गर्नुहुनेछ ।
उहाहरुको सम्पर्क नम्बरहरु उपमहानगरका १९ वटै वडाका सबै टोलहरुमा पु¥याइएको छ । कुनै पनि समस्या परेमा टेलिफोनमा सम्पर्क गरेपछि आवश्यक सेवा प्रवाह गर्नेगरि व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : आइतबार, चैत्र ३० २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij