गुरुनानकको जन्मयन्तीमा मुख्यमन्त्री पोखरेलको शुभकामना

गुरुनानकको जन्मयन्तीमा मुख्यमन्त्री पोखरेलको शुभकामना

बुटवल । श्री गुरुनानक जन्मजयन्तीको अवसरमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले शुभकाना दिएका छन् ।
उनले बिज्ञप्ती मार्फत आफ्नो सन्देश प्रदान गरेका हुन् । गुरु नानकको ५५० औं जन्म जयन्तीको अवसरमा सम्पूर्णमा शुभकामना ब्यक्त गरेको उल्लेख गरे ।

उनको बिज्ञप्तीमा लेखिएको कुरा जस्ताको तस्तै :

श्री गुरु नानकको ५५० औं जन्म जयन्तीको अवसरमा समस्त स्वदेश तथा विदेशमा रहनुभएका शिख धर्मावलम्बी दाजुभाइ दिदीबहिनीहरुमा सुख,शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नेपाल सांस्कृतिक विविधतायुक्त मुलुक हो । धार्मिक र सांस्कृतिक विविधताले रंगिएको मुलुकमा सबै धर्मको सम्मान र संस्कृतिको जगेर्ना हुने वातावरण तयार भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रले सबै धर्म र संस्कृतिको सम्मान र जगेर्ना गर्ने समान अवसर दिएको छ । धर्म र संस्कृति जाति र समुदाय विशेषका नभएर सबैका साझा हुनुले समाजमा सद्भाव, भातृत्व र मेलमिलापको वातावरण बनाउँछ ।

काठमाडौँंका विभिन्न स्थानमा रहेका प्राचीन गुरु नानक मठमा हस्तलिखित गुरुग्रन्थ रहेका र पूरै भारतका सबै गुरु दरबारमा दर्शनका लागि उपलब्ध हुन नसकेका हस्तलिखित गुरुग्रन्थ काठमाडाँैका मठ मन्दिरहरूमा रहनु हाम्रा लागि गौरवको विषय हो । गुरु नानक र शिख धर्मका ऐतिहासिक धार्मिक ग्रन्थ र निधिहरूको संरक्षण गर्नु हामी सबैको दायित्व र कर्तव्य दुवै हो । भौतिक पूर्वाधारको विकास गरी धार्मिक पर्यटनसँग जोड्न सके यसबाट समग्र देशको आर्थिक विकासमा टेवा पुग्ने छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले अल्पसंख्यक समुदायको उत्थान र विकासका लागि पनि मार्ग प्रशस्त गरेको छ । संवैधानिक रुपमै आयोगको गठन गर्ने व्यवस्था गरेर सम्मान व्यक्त गरेको छ । यतिखेर मुलुक तीन तहको चुनाव सम्पन्न भइ संविधान कार्यान्वयनको दिशामा अघि बढेको छ । संविधानको व्यवहारिक कार्यान्वयन हुँदै जाँदा सबै समुदाय, वर्ग र जातिले अधिकारको उपभोग गर्दै जानेछन् ।

अहिले मुलुक संविधान कार्यान्वयन गर्दै समृद्ध नेपाल सुखी नेपाली बनाउने दिशामा अघि बढेको छ । समृद्ध नेपाल,सुखी नेपालीको लक्ष्यमा पुग्न प्रदेश सरकार योजनाबद्ध विकासमा संकल्पित छ । त्यसका लागि हामीले समृद्ध प्रदेश खुसी जनताको लक्ष्य लिएर योजनाबद्ध विकासको दिशामा अघि बढेका छौ । समृद्ध प्रदेशका माध्यमवाट समृद्ध नेपाल निर्माण गर्ने महाअभियानमा यस प्रदेशका सबै राजनैतिक दल, समुदाय,संघ संस्था र आम नागरिकमा हार्दिक अपिल गर्दछु ।

अन्त्यमा, गुरुनानक जन्म जयन्तीको अवसरमा सबै शिख धर्माबलम्वीमा हार्दिक शुुभकामना व्यक्त गर्दछु ।

शंकर पोखरेल
मुख्यमन्त्री
मिति २०७५ मंसिर ७

प्रकाशित मिति : शुक्रबार, मंसिर ७ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij