नवलपरासी – नवलपरासीमा नारायणी नदीमा बुधबार साँझ डुङ्गा पल्टिँदा एक जना बेपत्ता भएका छन् ।नवलपुरको मध्यविन्दु नगरपालिका –२, नन्दपुरमा नारायणी नदीमा डुङ्गा पल्टिँदा मध्यविन्दु नगरपालिका –२ , गैरी टोल बस्ने १४ वर्षीया बालिका कञ्चना महतो बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कावासोतीका प्रहरी नायबउपरीक्षक मोहन बहादुर खाँडले जानकारी दिनुभयो ।
डुङ्गामा चार जना रहेकोमा तीन जनाको स्थानीयले उद्धार गरेको तर बालिका महतो भने नदीमा बेपत्ता भएको प्रहरी नायब उपरीक्षक खाँडले जानकारी दिनुभयो ।
उनीहरु नारायणी नदी पारी चितवन राष्ट्रिय निकुञ्जमा निउरो टिप्न गएर फर्किने क्रममा डुङ्गा पल्टिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, बैशाख ३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्