लण्डनबाट आएकी महिलामा र्‍यापिड टेस्टबाट कोरोना पोजेटिभ

लण्डनबाट आएकी महिलामा र्‍यापिड टेस्टबाट कोरोना पोजेटिभ

काठमाडौं : बेलातको लण्डनबाट आएकी एक महिलामा र्‍यापिड टेस्टबाट कोरोना पोजेटिभ देखिएको छ। गत चैत ७ गते लण्डनबाट आएकी धुम्बारीहीकी ६२ वर्षीया महिलामा कोरोना पोजेटिभ देखाएको हो।  उनको घरैमा बिहीबार गरिएएको र्‍यापिड किट टेस्टबाट कोरोना पोजेटिभ देखिएपछि महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तम सुवेदी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई जानकारी गराइएको स्थानीयबासी तथा युवा स्वेयमसेवी संगीत बस्‍नेतले जानकारी दिए। टेकु अस्पताल श्रोतले पनि र्‍यापिड किट टेस्टबाट कोरोना देखिएकी वृद्धाको पीसीआर परीक्षण गर्न लागिएको जनाएको छ। उनलाई टेकु या पाटनमध्ये एकको आइसोलेसनमा राख्‍न एम्बुलेन्सबाट पठाइएको स्थानीय युवा विवेक शर्माले बताए।  ‘र्‍यापिड किट टेस्टबाट कोरोना पोजेटिभ देखिएपछि नगरपालिकाको टोलीले एम्बुलेन्स बोलाएको छ’, उनले भने, ‘अहिले उहाँ (वृद्धा) लाई टेकु अस्पताल लैजाँदैछौं।’ यसअघि काठमाडौंको पेप्सीकोला टाउनप्लानिङस्थित सनसिटी अपार्टमेन्टका तीनजनामा पनि र्‍यापिड टेस्ट किटबाटै परीक्षण गर्दा कोरोना देखाएको थियो। जसमध्ये दुईजनामा पीसीआर परीक्षणबाट कोरोना पुष्टि भएको थियो।

प्रकाशित मिति : बिहिबार, बैशाख ४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij