रुपन्देही
सार्वजनिक लेखा समिति सभापति एवम् प्रतिनिधि सभाका सांसद भरत कुमार शाह लकडाउनका कारण समस्यामा परेका जनताको आवाज नसुनेको भन्दै कम्युनिस्ट सरकारका प्रधानन्त्री खड्गप्रसाद ओलीको आलोचना गरेका छन् ।
सभापति भरत कुमार शाहले सडकमा हिँडेका र दुःख पाएका जनतालाई असुरक्षित राखेर आफू मात्रै जोगिनुको कुनै अर्थ नहुने बताएका छन् । लकडाउनबाट अफ्ठ्यारोमा परेका जनताको समस्या समाधानको उपाय मिलेर खोज्न प्रधानमन्त्री ओलीसँग सभापति शाहले आग्रह गरेका छन् ।
‘प्रधानमन्त्रीज्यू, दिनहुँ यस्ता तस्बिर देख्दा तपाईंलाई कस्तो लाग्छ ?’, सभापति शाहले प्रश्न गरेका छन्, ‘मलाई त म यिनको जनप्रतिनिधि हु भन्ने सोँच्दा लज्जाबोध हुन्छ ।’
‘यस्तै हालमा यिनलाई छाडेर हामी जोगिनुको के अर्थ ?केही नगर्ने हो भने यिनको आँसुले पोल्नेछ’, उनले भनेका छन्, ‘यिनको व्यवस्थापनका उपाय सोच्ने बेला आएको छ ।कांग्रेस सरकार लाई सहयोग गर्न तयार छ ।
प्रकाशित मिति : शुक्रबार, बैशाख ५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्