लकडाउनको पालना गर्दै जनतालाइ साथ दिन तत्पर छौं :सियारी गाउँपालिका उपाध्यक्ष गुरुङ

लकडाउनको पालना गर्दै जनतालाइ साथ दिन तत्पर छौं :सियारी गाउँपालिका उपाध्यक्ष गुरुङ

विश्वव्यापी फैलिएको कोराना भाइरसको संक्रमणसँग सिङ्गो विश्व नै जुधिरहेका अवस्थामा सियारी गाउँपालिकाले कोरोना विरुद्ध लड्न सुरक्षित रहन र सचेतनाका लागि के- कस्तो उपाय अपनाएको छ त ? सियारी गाउँपालिका उपाध्यक्ष अमृता गुरुङ संग फूलु सुनारले गरेको कुराकानी:

कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि सियारी गाउँपालिकाले गरेको काम के के हुन ?

कोरोना भाइरसको सम्भाबित जोखिम न्यूनीकरणका निम्ति सबैभन्दा अगाडि सजगताको कुरा आउँछ, हामीले नागरिकहरुलाइ सजग गराएका छौ ।सचेतना जगाउने काम गरेका छौ ।गाउँपालिकाले सुरक्षा निकाए , स्वास्थ्यकर्मी , जनप्रतिनिधि सबैले लकडाउनको प्राबधानलाई ससक्त तरिकाले अगाडि बढाएका छौ ।त्यस्तै फिल्डमा खतिनुभएकलाई पि. पि. इ उपलब्ध गराएका छौ।जनतालाई साबुन पानीले हात धुन , मास्क लगाउन , अति आवश्यक काम बाहेक घर बाट बाहिर ननिस्कन आग्रह गरेका छौ प्रत्येक वडामा सचेतना कार्यक्रम गरेका छौ ।हाम्रो सात वडामा  किटनासक औषधि छर्किएका छौ ।लकडाउनको पूर्ण पालना कार्यन्वयन गराएको छौ ।स्वास्थलाई मध्यनजर गर्दै बाहिरबाट आयातित तरकारीमा रोक लगाएका छौ ।निर्बाचित जनप्रतिनिधिले नियमन अनुगमन गर्ने ,प्रहरी प्रशासन परिचालन गर्ने र सबै नागरिकलाइ यसको पालना गर्न आह्वान गर्दै लकडाउनलाइ पुर्ण पालना गर्ने कार्य गरिरहेका छौ ।

सियारी गाउँपालिकामा दैनिक ज्याला मजदुरी गर्ने एबम अति बिपन्न परिवारलाइ राहत र सहयोगका कार्यक्रम के के छन ?

लकडाउनमा बाहिर निस्कन मिलेन काम गर्न पाउनु भएन त्यसैले गर्दा यो समयमा दैनिक ज्यालादारीमा मजदुरी गरेर जिविकोपार्जन गर्दै आउनुभएको थियो र अहिले काम गर्नपाउनुभएको छैन उहाँहरुको चुलो नजल्ने अबस्था आउछ भन्ने हिसाबले हामिले राहत बितरण गर्न पर्छ भन्ने सोचले
 पहिलो चरणको राहत वितरण गरिसकेको अबस्था हो ।अति बिपन्न , भुमिहिन दैनिक ज्यालादारी गरिखाने परिवारको पहिचान गरि हामीले परिवारको
सदस्य संख्या हेरि १०-२० केजि चामल , दाल नुन तेल ८०० घरपरिवारलाई पहिलो चरणमा राहत वितरण गरेकोमा अब दोस्रो चरणको राहत वितरणको अन्तिम अबस्थामा छौ ।दोस्रो चरणको राहत वितरणमा अझै यसको संख्या बढने अबस्थामा छ ।
सियारी गाउँपालिकामा धेरै कृषि पेशामा आबद्ध परिवार हुनुहुन्छ अहिले दाल गहु भित्र्याउने समय पनि हो कृषकको समस्यालाई कसरी ब्यबस्थापन गर्नुभएको छ?
कृषकको लागि अहिले गहुँबाली दलहन भित्र्याउने बेला भएकाले उहाँ हरुलाइ काम गर्नकै लागि थोरै संख्या मा दुरि कायम गरि काम गर्न भन्यौ त्यही अनुसार खेतको काम पनि सकिने अबस्थामा छ ।अब धान खेती को सिजन पनि आएकोले किसानलाई कसरी सर्बसुलभ तरिकाले बिउबिजन मल उपलब्ध गराउन  एक किसिमको चुनौति पनि छ,यस बारे हामि छलफलमा छौ ।
सम्भावित प्रकोप य्ृनिकरणकालागि खर्च ब्यबस्थापन कसरी गर्नुभएको छ ?
जनताहरुले पनि हामीले सहयोग गर्छौ भनेर ब्यक्तिगत पनि यो कोरोना राहत कोषमा रकम जम्मा गर्नुभएको छ त्यस्तै विभिन्न सहकारी संघ सस्थाहरुले पनि सहयोग गर्नुभएको छ ।गाउँपालिकाले बिपत ब्यबस्थापन कोष बनाएर रकम जम्मा गरेका छौ ।प्रदेश सरकारले पनि १० लाख दिने निदय गरेको छ.यसरी नै ब्यबस्थापन गरेका छौ
कोरोना कारण देखाएर कालोबजारी गर्ने क्रम पनि बढेको पनि सुनिन्छ ,यसको रोकथाम तथा नियन्त्रणको लागि के – के प्रयास भइरहेका छन ? अनुगमन कसरी भएको छ ?
हाम्रो गाउँपालिकामा तेस्तो पाएका छैनौ, अनुगमनकोपाएका छैनौ पाटो मेरो आफ्नो भएकाले पनि म लागि परेको छु, गाउँपालिका अध्यक्ष ज्यु ,अधिकृत ज्यु लगायत सुरक्षाकर्मी एकदम लाग्नुभएको छ ।अहोरात्र खटिरहनुभएको  छ ।हामीले अत्यावश्यक खाद्य सामाग्री र तरकारीको किनबेचको सामाजिक दुरि कायम गरि  बिहान २ घन्टा र साझ २ घन्टा ब्यबस्थापन गरेका छौ ।चोक चोकमा हरियो तरकारीको ब्यबस्थापन गरेका छौ ।महगिं नियन्त्रण गर्नको निम्ती थुप्रै खालका गतिबिधि संचालन गरेका छौ ।भने म आफै निरीक्षण गरेको छु
कोरोनाको जोखिम बढिरहेको अबस्थामा स्वास्थ्य सेवा कसरी प्रदान गर्नुभएको छ ?
हाम्रो प्रत्येक वडामा जनप्रतिनिधि र स्वास्थकर्मी साथीहरू हुनुहुन्छ उहाँहरुले रिपोर्टिङ गरिरहनु भएको छ ।
आकस्मिक सेवा प्रबाह गर्नको लागि सिबिर राखेका छौ ।त्यहाँ २ जना स्वास्थकर्मिले २४ घण्टनै सेवामा खटिरहनुभएको  छ ।प्राथमिक उपचारका लागि औषधि राखेका छौ ।अहिले सम्म हाम्रो गाउँपालिकामा असह्ज परिस्थिति उत्पन्न भएको छैन ।जनताको स्वास्थलाई मध्यनजर गर्दै हामीले राहत वितरण गर्दानै प्रत्येक परिवारलाई सिटामोल प्रदान गरेका थियौ, त्यस्तै हामीले कुनैपनी स्वास्थ समस्या छ भनी हामीलाई जानकारी गराउन अनुरोध गरेका छौ ।सुगर रोगी लगायत दीर्घ रोगका बिरामीको औसधिको लागि सके सम्म आफै किन्नु नसकेको अबस्थामा हामीले फोन नम्बर उपलब्ध गराएका छौ स्वास्थ्यका साथीहरूलाई सम्पर्क गरि पैसा र औसधिको कार्ड दिनुभयो भने औषधि ल्याइदिने ब्यबस्थापन पनि गरेका छौ।
गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बिरामि कति छन ?बिरामिको  अबस्था कस्तो छ?
 सियारी–७ अमुवामा रहेको जनता मा.वि.मा क्वारिन्टाईन बनाईएको छ। कोहि विदेश बाट आउनुभएको छ भने तुरन्त सुचना दिनुहोस भनेर हामिले आह्वान पनि गरेका छौ, यसका लागि टोल बिकास संघ सस्थाहरुलाइ परिचालन गरेका छौ।अहिले हाम्रो क्वारेन्टाइनमा ९ जना हुनुहुन्छ ।३ जना भारतकाे नाैतनवा लेखबाट आउनु भएको हुनुहुन्छ ।उहाँहरु बसेको एक हप्ता भैसकेको छ ।अरु अन्य मुलुकबाट आउनु भएको हुनुहुन्छ ।उहाँहरुलाइ बेड खाना बस्न लगाएत सबै ब्यबस्था हामिले मिलाएका छौ ।उहाँहरु सबैको स्वास्थ अबस्था एकदमै राम्रो छ ।
अन्त्यमा संक्रमणको घडिमा जनतालाइ केहि अपिल गर्न चाहानुहुन्छ?

गाउँपालिकाको सबै संयन्त्र अहिले कोरोना संक्रमणसंग जुध्नका निमित्त सक्रिय भएर लाएको छ, यसमा जनताको साथ सहयोग आवश्यक छ ।

विश्वव्यापि रुपमा फैलिएको कोभिड–१९ को संक्रमण रोक्न सरकारले लकडाउन गरेको छ,नियमहरु लगाएको छ त्यो नियमहरुलाइ आमजनताले पालना गर्नुपर्छ ।

यस अबस्थामा लकडाउनमा सम्पूर्ण देशबाशी नागरिकले सरकारले गरेको लकडाउन पूर्ण पालना गरौ, सामाजिक दुरि कायम गरौ कोरोना सम्बन्धि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को अवधारणालाई पालना गरौ , स्वास्थ्य र सुरक्षाको दायित्व पुरा गरौं ।

 

 

प्रकाशित मिति : शनिबार, बैशाख ६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij