गुल्मी- गुल्मीको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरको बसपार्कमा रहेको किराना पसलमा सोमबार दिउँसो आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ ।
बसपार्कमा रहेको खनाल स्टोर्समा आगलागी हुँदा पसल सञ्चालक पूर्ण खनालका छोरा १५ वर्षीय समिर खनालको मृत्यु भएको हो । पूर्णबहादुर र उनकी श्रीमती रूपा खनाल आगलागीमा परी गम्भीर घाइते भएका छन् ।
आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । आगलागीले पसलको सबै सामग्री जलेर नष्ट भएको छ ।
घरबाटै डिजल, पेट्रोलसमेत विक्री गर्दै आएकाले तत्काल आगो नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, बैशाख ८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्