राष्ट्रपतिद्वारा पार्टी विभाजनसम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्वारा पार्टी विभाजनसम्बन्धी अध्यादेश जारी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् बैठकले पारित गरेको दुवै अध्यादेश जारी गरेकी छन्। कोरोना भाइरसको अभियानमा देश नै होमिएका बेला ल्याइएको अध्यादेशको आलोचना भइरहेका बेला राष्ट्रपतिबाट यो अध्यादेश जारी भएको हो।  संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी पहिलो संशोधन अध्ययादेश, २०७७ र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ। पार्टी विभाजनलाई सजिलो बनाउने गरी ल्याएको भन्दै पूर्वमाओवादीसहित पूर्वएमालेका केही नेताहरुले अध्यादेशको विरोध गरिरहेका छन्। त्यस्तै सरकारका मन्त्री पनि यो अध्यादेशविरुद्धमा उभिएका छन्।  सोमवार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद्‍को काम कर्तव्य अधिकार र कार्यविधिसम्बन्धी पहिलो संशोधन अध्यादेश २०७७ र राजनीतिक दलसम्बन्धी अध्यादेश पारित गरेको थियो । मन्त्रिपरिषदले पारित गरेको दुवै अध्यादेश तत्कालै राष्ट्रपतिकहाँ पुर्‍याइएको थियो। सोमवार साँझ साढे ६ बजे दुवै अध्यादेश जारी गरिएको छ। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै दुवै अध्यादेश जारी गरेको जानकारी दिएको छ।  के छ अहिलेको व्यवस्थामा? कुनै पनि दलको केन्द्रीय समिति र सङ्घीय संसदका संसदीय दलका कम्तीमा ४० प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाएमा वा अर्को कुनै दलमा प्रवेश गरेमा वा त्यस्ता सदस्यहरु समेत भई नयाँ दल गठन गरेमा त्यस्तो संसदीय दलका सदस्यले दल त्याग गरेको मानिने छैन।  यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (२) बमोजिम गठन भएको दल आयोगबाट मान्यता प्राप्त गरेको मितिबाट पाँच वर्षसम्म त्यस्तो दलबाट छुट्टिई अर्को दल गठन हुन सक्ने छैन।’

 

प्रकाशित मिति : सोमबार, बैशाख ८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij