काठमाडौँ
नेपाली सेनाले चीनबाट ल्याउन लागेको ७६ थरीका स्वास्थ्य सामग्री र औषधिहरुको मूल्य २ अर्ब २६ करोड ७ लाख ८१ हजार ४७ रुपैयाँ रहेको छ । सेनाले चीनको सरकारी कम्पनी सिनो फार्मसँग गरेको सम्झौताअनुसार अनुसार सेनाले उक्त फार्मलाई राष्ट्र बैंकमार्फत एक करोड ८४ लाख ४१ हजार ७ सय ६ अमेरिकी डलर भुक्तानी गरहेको हो ।
उक्त डलरको नेपाली रुपैयाँ करिब २ अर्ब २६ करोड ७ लाख ८१ हजार ४७ हुन आउँछ। सम्झौता गरेको दुई दिनभित्र रकम भुत्तानी गर्नु पर्ने व्यवस्थाअनुसार सेनाले वैशाख ७ गत नै भुक्तानी गरिसकेको छ।
नेपालको तर्फबाट सेनाका सम्भाररथी प्रभुराम शर्मा र चीनको तर्फबाट त्यहाँका वाणिज्य मन्त्रालयका प्रतिनिधिबीच सम्झौता भएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए।
प्रवक्ता पाण्डेले उक्त कम्पनीले सम्पूर्ण सामग्री गोन्जाउमा जम्मा गरिदिने र त्यसपछि ढुवानी गरेर नेपाल ल्याउने बताए। उनले अतिआवश्यक सामग्रीहरु जस्तै पीपीई, एन–९५ र पीसीआर टेस्टका सामग्रीहरुलाई पहिलो चरणमा वाइडवडी वा अन्य विमानबाट छिटै ल्याउने बताए।
प्रकाशित मिति : मंगलबार, बैशाख ९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्