कोरोना कहर : १ लाख ७७ हजारभन्दा धेरैको मृत्यु, २५ लाख संक्रमित

कोरोना कहर : १ लाख ७७ हजारभन्दा धेरैको मृत्यु, २५ लाख संक्रमित

काठमाडौं-  विश्वमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यू हुनेको संख्या १ लाख ७७ हजार नाघेको छ ।

बुधबार विहानसम्ममा ज्यान गुमाउनेको संख्या १ लाख ७७ हजार ४ सय ३८ पुगेको वल्डोमिटरले देखाएको छ ।

१६ लाख ८७ हजार ३३६ कोरोनाका संक्रमितको उपचार भइहेको छ । यसमध्ये ५७ हजार २५४ जनाको अवस्था गम्भीर रहको छ । बाँकीको अवस्था मध्यम रहेको छ ।

अहिलेसम्म विश्वभर २५ लाख ५३ हजार १५९ मा कोरोनाको संक्रमण देखिसकेको छ ।

कोरोनाका कारण सबैभन्दा धेरै अमेरिकामा ४५ हजार २२७ जनाको ज्यान गएको छ । अमेरिकापछि धेरै ज्यान जाने देशमा इटली छ । इटलीमा २४ हजार ६४८ जनाको मृत्यु भइसकेको छ ।

फ्रान्समा २० हजार ७९६, स्पेनमा २१ हजार २८२, बेलायतमा १७ हजार ३३७ तथा जर्मनीमा ५ हजार ३३ को ज्यान गइसकेको छ ।

नेपालमा भने कोरोनाका कारण अहिलेसम्म कसैले पनि ज्यान गुमाउनु परेको छैन । जम्मा ४२ जनामा संक्रमण देखिएको छ ।

प्रकाशित मिति : बुधबार, बैशाख १० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij