सशस्त्र प्रहरी का डिएसपी कुटपिटबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन

सशस्त्र प्रहरी का डिएसपी कुटपिटबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन

 

भैरहवा-सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ गुल्म हेडक्वाटर (राजश्व तथा भन्सार सुरक्षा गस्ती) गुल्म रुपन्देहीका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक मानबहादुर शाही कुटपिट घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ।

ब्यारेकभित्र सशस्त्र प्रहरी निरीक्षक केशव भट्टराई र दयाराम पौडेलले शाहीलाई कुटपिट गरेको घटनाबारे छानबिन गर्न सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलको संयोवकत्वमा तीन सदस्यीय समिति गठन गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठले घटनाको अनुसन्धान गर्न ५ नम्बर वाहिनीमा कार्यरत पोखरेलको नेतृत्वमा तीन सदस्य छानबिन टोली गठन गरेको जानकारी दिनु भयो ।“आफ्नै हाकिमलाई कुटपिट गरेर अनुशासनहिन काम गरेको पाइयो,” श्रेष्ठले भन्नु भयो, “घटनाको छानबिन गर्न बाहिनीलाई निर्देशन भइसकेको छ।” घटनाको छानबिनपछि दोषीमाथि कडा कारवाही गरिने श्रेष्ठले बताउनु भयो ।

प्रहरी निरीक्षकद्वयले मदिरा सेवन गरी सोमबार राति शाहीलाई कुटपिट गरेको सशस्त्र प्रहरीले जनाएको छ। स्रोतका अनुसार रक्सीले मातेका दुवैजनालाई पटक–पटक सम्झाउँदा उल्टै डीएसपी शाहीमाथि हातपात गरेका थिए । डीएसपी शाहिले संझाउने वित्तिकै इन्स्पेक्टर पौडेल विवाद स्थलबाट बाहिर गएपनि इन्स्पेक्टर भट्टराई भने डीएसपी शाहीमाथि जाइ लागेको बताईएको छ । भट्टराई बिबादित पृष्ठभुमीका रहेको बुझिएको छ । त्यसपछि हातपातमा उत्रिएका भट्टराईलाई जवानहरुले नियन्त्रणमा लिएको बताइएको छ । उनको स्थानीय भीम अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा मदिरा सेवन गरेको पाइएको छ । कुटपिटको कारण भने नखुलेको सशस्त्र प्रहरी बलले जनाएको छ।

प्रकाशित मिति : शुक्रबार, बैशाख १२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij