काठमाडौं– कोरोना संक्रमणकाे जोखिम बढेको निष्कर्ष निकाल्दै हवाई उडानमा लगाइएको प्रतिबन्ध थप लम्बिएको छ । लकडाउनका बारेमा थप निर्णय आइतबार बस्ने मन्त्रिपरिषद बैठकले गर्नेछ ।
कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध २ जेठसम्म गर्ने निर्णय गरेकाे हाे ।
यस अघि सरकारले १८ वैशाखसम्म हवाई उडानमा प्रतिबन्ध लगाएको थियाे । तर संक्रमित भेटिने क्रम बढेपछि थप १५ दिन लम्ब्याइएकाे हाे । अवस्था सामान्य भए अबकाे २० दिन पछि उडान खुल्नेछ ।
उच्चस्तरीय समितिका सदस्य सचिव तथा प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीका अनुसार आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानको प्रतिबन्ध जेठ २ गतेसम्म कायम गर्ने निर्णय समितिले गरेको हाे ।
देशका विभिन्न भागमा कोरोना संक्रमण देखिएकाले कोरोना संक्रमणको खतराबाट मुक्त नभएकाले सतिमिले निष्कर्ष निकालेको छ ।
१५ वैशाखमा लकडाउनको अवधि सकिदैछ। लकडाउन बारे थप निर्णय आइतबार बस्ने मन्त्रिपरिषद् बैठकले गर्नेछ ।
शनिबारकाे भएकाे समितिकाे छलफलले तत्कालै लकडाउन खुकुलो बनाउने परिस्थिति नरहेको बताएकाे छ ।
प्रकाशित मिति : शनिबार, बैशाख १३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]