काठमाडौँ : काठमाडाैँकाे पहिचान नै बनेकाे धरहरा २०७२ वैशाख १२ गतेको भूकम्पपछि ठूटाे मात्र देख्न सकिन्छ । साेही ठाउँमा ‘नयाँ डिजाइनका साथ’ पक्की धरहरा बनाउने घाेषणा गरिएकाे ३ वर्षपछि निर्माण कार्य भने बल्ल सुरु भएको छ ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणले धरहरा निर्माणका लागि निर्माण कम्पनी जिआइइटिसी रमन जेभीसँग सम्झौता गरेकाे थियाे । हाल धरहरा निर्माणका लागि जग खन्ने काम सुरु भएकाे छ ।
यसअघि भत्केकाे धरहराकै छेउमा बन्न लागेकाे नयाँ धरहरा २२ तलाको हुने जनाइएकाे छ । धरहराको गजुर मात्रै झण्डै ७० मिटर अग्लो अग्लाे हुने प्राधिकरणले जनाएको छ ।
जग खन्ने काम सुरु गरेकाे निर्माण कम्पनीले आगामी २ वर्षभित्र धरहरा ठड्याइसक्ने जनाएकाे छ । सम्झाैतामै निर्माण अवधि २ वर्ष उल्लेख भएकाे प्राधिकरण अन्तरगतकाे सम्पदा विभागले जनाएकाे छ । अब नयाँ धरहरा २४ रोपनी जमिनमा फैलिने बताइएकाे ।
भूकम्पले क्षतिग्रस्त धरहराकाे ठुटाेलार्इ भने संरक्षित गरिने भएकाे छ । सिसाको फ्रेमभित्र राखेर सजाइने र वरिपरि मनाेरम पार्क बनाइने प्राधिकरणकाे दाबी छ ।
प्रकाशित मिति : शनिबार, मंसिर ८ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्