जिल्ला प्रशासन कार्यालय दाङले पुनः विहान पसल खोल्ने

जिल्ला प्रशासन कार्यालय दाङले पुनः विहान पसल खोल्ने

दाङ।

लकडाउनको समयमा दिउँसो अत्यावश्यक पसल खोल्दा बजारमा भिडभाड बढेपछि जिल्ला प्रशासन कार्यालय दाङले पुनः विहान पसल खोल्ने गरी व्यवस्था मिलाएको छ ।

हिजो मात्रै घोराही उपमहानगरपालिका र दाङ जिल्ला उद्योग बाणिज्य संघको समन्वयमा जिल्ला प्रशासन कार्यालय दाङले मंगलबारदेखि विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म पसल सञ्चालन गर्ने निर्णय गरेको थियो ।

प्रशासनको निर्णय अनुसार मंगलबार दिउँसो अत्यावश्यक सामन खरिदका लागि मानिसहरु बजारमा निस्किएपछि भिडभाड भएको थियो । दिउँसोमा भिडभाड बढि भएर गुनासो आएपछि पुन ः विहानै पसल सञ्चालन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिएका छन ।

‘विहानभन्दा दिउँसो सहज होला भनेर आजदेखि दिउँसो पसल खोल्ने व्यवस्था मिलाएका थियौं’–प्रमुख जिल्ला अधिकारीले भने–‘तर बजारमा दिउँसो झनै भिडभाड देखिएपछि विहानकै समय उपयुक्त हुने देखियो ।’ जस अनुसार अव पुरानै तालिका अनुसार आइतवार, मंगलवार र शुक्रवार विहान ६ बजेदेखि ९ बजेसम्म पसलहरु सञ्चालन हुने भएका छन ।

प्रकाशित मिति : मंगलबार, बैशाख १६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij