सैनामैना नगरपालिकाद्धारा कृषि क्षेत्रलाई विशेष प्रथामिकता

सैनामैना नगरपालिकाद्धारा कृषि क्षेत्रलाई विशेष प्रथामिकता

टिका खरेल,

सैनामैना ।

सैनामैना नगरपालिकाले कृषि क्षेत्रलाई विशेष प्रथामिकता दिएको छ । नगरको कृषि शाखाले किसानहरुका लागि विभिन्न समयमा बिभिन्न उपकरण र मौसम अनुसारका खाद्यन्न बाली, हिउँदेबाली, तरकारी लगायतका बीउ बिजनहरु वितरण गर्ने गरेको छ ।

जसअन्तर्गत शाखाले आज नगर भित्रका किसानहरुलाई १२ थान मिनिटेलर र हलो ५० प्रतिशत अनुदानमा वितरण गरिएको छ ।

सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्र्कीले नगरमा कृषि क्षेत्रलाई विशेष प्रथामिकता दिदै आएको बताउँदै कृषकहरुलाई प्रोत्साहन स्वरुप समय समयमा अनुदानमा कृषि उपकरण र मौसम अनुसारको बीउ वितरण गरिएको बताउनभयो । नगर प्रमुख कार्कीले आफुले प्राप्त गरेको उपकरणको उपयोग गरी लाभ लिन कृषकलाई आग्रह गर्नुभयो ।

बन्दाबन्दीको समयमा पनि किसानको खेती कार्य सुचारु र सहज होस भन्ने उद्धेश्यले ५० प्रतिशत अनुदानमा मिनिटेलर बितरण गरिएको सैनामैनाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताउनुभयो ।

नगरको बार्षिक स्वीकृत कार्यक्रम अनुसार करिब १५ लाखको बजेटमा १२ जना किसानहरुलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण बितरण गरिएको सैनामैनाका कृषि शाखा प्रमुख सिर्जना सुबेदी भनाइ छ ।  प्रमुख सुबेदीका अनुसार सैनामैनामा जेठको पहिलो साता धानको बीउ बितरण गर्ने कार्यक्रम समेत रहेको छ ।

अनुदानमा कृषि उपकरण पाए पछि समयमै खेती लगाउन सकिने भन्दै सैनामैना ५ का कृषक थागे थारुले खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो – “समयमै जोताउन नपाउदा उत्पादनमा असर पर्ने सम्भावना थियो । अब यो समस्या टरेको छ ।” आफसंग यन्त्र भएपछि कम खर्चमै कृषिबाट मनग्य फाइदा लिन सकिने सैनामैना २ अर्का कृषक मिन प्रसाद भण्डारीले बताउनुभयो ।

प्रकाशित मिति : बुधबार, बैशाख १७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij