काठमाण्डौ
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले वैशाख २५ पछि लकडाउन केही खुकुलो हुने संकेत गर्नुभएको छ ।
सबै क्षेत्रबाट सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै लकडाउन खुकुलो बनाउने विषयमा सुझावहरु आइरहेकाले सरकारले पनि यो विषयमा आन्तरिक गृहकार्य गरिरहेको उहाँले बताउनुभयो ।
कृषि, उद्योगधन्दा तथा अरु महत्वपूर्ण कुराहरुलाई मध्यनजर गर्दै लक डाउनको स्वरुप परिवर्तन हुन सक्ने उहाँले बताउनुभयो ।
कारोनाका कारण दीर्घरोगी र अन्य बिरामीहरु अस्पतालबाट पाउने सेवाबाट बञ्चित भएको अवस्थालाई मध्यनजर गर्दै विरामीहरुलाई अस्पतालसम्म पुर्याउन पनि लक डाउनको स्वरुप परिवर्तन हुन सक्ने उहाँले बताउनुभयो ।
‘लकडाउन विगतको भन्दा नयाँ ढंगले जानुपर्छ । अब सहजीकरण गर्दै जानुपर्छ । कृषि, उद्योगधन्दाहरु अरु विभिन्न खालका विषयमा अतिरिक्त महत्वपूर्ण कुराहरुका विषयमा विचार पुर्याउनुपर्छ । कोरोना कोरोना भनेकै कारण दीर्घरोगी अस्पतालको सेवाबाट वञ्चित हुने, लकडाउनका कारण घरमा बिरामी भएन भने अस्पतालसम्म पुर्याउन नसकिने अवस्थालाई मध्यनजर गर्दै एम्बुलेन्सलाई एकीकृत बनाएर कसरी सेवा दिन सकिन्छ भन्ने विषयमा गृहकार्य भइरहेको छ ।’
प्रकाशित मिति : शुक्रबार, बैशाख १९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्