ताप्लेजुङ
फुङलिङ बजारमा ४ वर्षपछि दोहोरिएको आगलागीको घटनामा ७ घर जलेका छन् भने झन्डै ८ करोड रुपयाँ बराबरको धनमाल नष्ट भएको छ ।
घरसँगै ती घरमा रहेका १२ वटा पसल समेत जलेर नष्ट हुँदा झण्डै ८ करोड रुपैयाँको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।निमित्त प्रहरी प्रमख प्रहरी निरीक्षक मोहन पोख्रेलका अनुसार यो प्रारम्भिक विवरण मात्र भएको र विस्तेत विवरण आउन भने बाँकीे छ ।
उहाँका अनुसार जलेकामध्ये दुई वटा पक्की र अन्य ५ कच्ची घर रहेका छन् ।
आगलागी सुरु भएको चार घण्टापछि शुक्रबार राति २ बजे आगो नियन्त्रणमा आएको थियो । आगलागीको कारण भने पत्ता लागिनसकेको निमित्त प्रहरी प्रमुख पोख्रेलले बताउनुभयो ।
उहाँले गस्तीमा रहेका प्रहरीले पहिलो पटक आागो लागेको देखेको र मान्छे नभएको खाली घर बाहिर ग्याँस गनाइरहेको र आगो हुर्किसकेको समेत जानकारी दिनुभयो ।
आगो पूर्ण नियन्त्रणमा लिन बिहानसम्म पनि दमकल, स्थानीय नागरिक, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी खटिएका थिए ।
प्रकाशित मिति : शनिबार, बैशाख २० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्