JanataToday.com

Advertisment

SKIP THIS

स्थानीय सरकारलाई गुल्मी काँग्रेसको आग्रह: राहत वितरणमा स्थानीय उत्पादनलाई जोड देऊ

स्थानीय सरकारलाई गुल्मी काँग्रेसको आग्रह: राहत वितरणमा स्थानीय उत्पादनलाई जोड देऊ

 
गुल्मी- नेपाली काँग्रेस गुल्मीले बन्दाबन्दीका कारण समस्यामा परेका नागरिकहरुका लागि खाद्यान्न राहत वितरण गर्दा स्थानीय उत्पादनलाई उपयोगमा ल्याउन स्थानीय सरकारलाई आग्रह गरेको छ । शनिबार सामाजिक दुरी कायम गरी तम्घासमा बसेको नेपाली कांँग्रेसको बैठकले विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनका कारण समस्यामा परेका नागरिकहरुलाई खाद्यान्न राहत वितरण गर्दा स्थानीय उत्पादनलाई उपयोगमा ल्याउन स्थानीय सरकारलाई आग्रह गरेको हो ।
राहतका लागि बाहिरबाट ल्याइएको खाद्यान्नहरु वितरण गरिरहँदा स्थानीय उत्पादनले ठाउँ नपाइरहेको अवस्थामा स्थानीय उत्पादनलाई बढवा दिने गरी उपयोग गर्न स्थानीय सरकारलाई आग्रह गरिएको पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले जानकारी दिए । स्थानीय स्तरमा उत्पादन गरिएको कोदो, मकै गहुँ जस्ता खाद्यवस्तुलाई भरपुर उपयोगमा ल्याई स्थानीय उत्पादनमा जोड दिन उनले स्थानीय सरकारलाई आग्रह गरे ।
सभापति श्रेष्ठले भने,‘नेपाली जनता विश्वव्यापी माहामारीको रूपमा फैलिएको कोरोना भाइरस विरुद्धको महायुद्धमा सामेल भैरहेको बेला वर्तमान सत्तासीन पार्टी र सरकार सत्ता संघर्षमा लाज नमानिकन लड्नु निन्दनीय छ ।’ कोरोना प्रकोपका विरुद्ध सामुहिक रुपमा लड्ने प्रतिवद्धता व्यक्त गर्दै सरकारले उठाएका सम्पूर्ण कदममा साथ दिन कांग्रेस पार्टीको क्षेत्र, प्रदेश, गाउँ, नगर र वडा कार्य समितिलाई सहयोगका लागि सभापति श्रेष्ठले आग्रह समेत गरेका छन् ।
कोरोना प्रकोपको विरुद्धमा अग्रपक्तिमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, जनप्रतिनिधिलाई धन्यवाद दिदै उच्च मनोवलका साथ कार्यस्थलमा खट्न कांग्रेसले आग्रह गरेको छ ।
दीर्घ स्वास्थ्य समस्या र आकस्मिक बिरामीहरुलाई आवश्यक औषधी उपचार सर्वसुलभ गराउन सम्बन्धित निकायको ध्यान आकृष्ट गराउने सचिव खिलध्वज पन्थीले बताए । हुँदा खाने असंगठित मजदुर वर्गलाई लकडाउनले पारेको समस्यालाई समाधान गरी व्यवस्थित राहत अविलम्ब उपलब्ध गराउन सम्बन्धित पक्षसँग आग्रह गर्ने समेत उनले जानकारी दिए ।
पार्टीले विपद्को बेला सहयोग पुर्याएका जिल्लामा गठित विपद व्यवस्थापन समिति, जनप्रतिनिधि, स्थानीय सरकार, नेपाली काँग्रेस गुल्मी काठमाडौ सम्पर्क समिति, रेडक्रस, नगरपालिका, प्रदेश, विभिन्न संघसंस्था एवम् सामाजिक व्यक्ति लगायतलाई कांग्रेसले धन्यवाद दिएको छ । यो विपदको समयमा सबैलाई सचेत रहन समेत काँग्रेसले आग्रह गरेको छ । बैठकमा जिल्लाको पछिल्लो अवस्थाको विषयमा पनि छलफल गरिएको थियो ।

प्रकाशित मिति : शनिबार, बैशाख २० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij