काठमाडौं- आज मे ३ अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस । यस वर्ष ‘भय र पक्षधरतामुक्त पत्रकारिता’ नारासहित यो दिवस मनाइँदैछ ।
सन् १९९३ को संयुक्त राष्ट्रसङ्घीय महासभाले अनुमोदन गरेपछि मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो ।
यस वर्ष कोरोना संक्रमणका कारण कार्यक्रम नभए पनि नेपाल पत्रकार महासङ्घ लगायतले प्रेस स्वतन्त्रताबारे डिजिटल संवाद, छलफल तथा सञ्चारमाध्यममा सामग्री प्रकाशन÷प्रसारणमार्फत विविध कार्यक्रम आयोजना गरी दिवस मनाउँदैछन् ।
प्रेस स्वतन्त्रताको आधारभूत सिद्धान्त, पत्रकार सुरक्षाको समग्र अवस्थाको समीक्षा, प्रेस स्वतन्त्रता सेनानी एवं पत्रकारिता पेसा निर्वाहको क्रममा जीवन उत्सर्ग गर्नेहरूलाई सम्मान गर्दै यो दिवस विश्वभरि मनाइन्छ ।
रिपोर्टर विदाउट बोर्डर (आरएसएफ)ले प्रकाशित गरेको सन् २०२० को विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कमा नेपाल ११२आँै स्थानमा छ ।
आरएसएफको वाार्षिक विश्लेषणअनुसार नेपाल १८० देशमध्ये ३५.१० अङ्कसहित गतभन्दा भन्दा ६ स्थान तल ११२औँ स्थानमा पुगेको छ ।
गत वर्ष २०१९ मा नेपाल सूचीको १०६ औँ स्थानमा थियो । सन् २०१८ मा भने नेपाल यो सूचीको १०० औँ स्थानमा थियो ।
बहुलवाद, सञ्चारमाध्यमको स्वतन्त्रता, स्वनियन्त्रण, पारदर्शिता, पूर्वाधार, हिंसा तथा दुुव्र्यवहार लगायत सूचक विश्लेषण गरी यो सूचकाङ्क तयार गरिने आरएसएफले जनाएको छ ।
नेपाल पत्रकार महासङ्घले २०५६ सालदेखि नेपालमा हुने प्रेस स्वतन्त्रता हननका घटनाहरूकोे अभिलेखीकरण गर्दै आएको छ ।
नेपाल पत्रकार महासङ्घ सञ्चार अनुगमन एकाइमा २०७६ सालमा प्रेस स्वतन्त्रता हननका ६० वटा घटना अभिलेख भएको महासङ्घले जनाएको छ ।
यसबाट ९४ पत्रकार तथा तीन सञ्चार संस्था गरी ९७ पीडित बनेको उल्लेख छ । अभिलेख अनुसार पत्रकार गिरफ्तारका आठवटा घटना भएका छन् ।
प्रकाशित मिति : आइतबार, बैशाख २१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्