यसरी भयो ‘राजाबाबु’को हत्या

यसरी भयो ‘राजाबाबु’को हत्या

कपिलवस्तु । शुद्धोधन गाउँपालिका–४, मोतीभारीका २८ वर्षीय दीपेन्द्रकुमार चौधरी ‘राजाबाबु’ तत्कालीन माओवादी केन्द्रमा सक्रिय थिए । उनी प्रदेश सभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएपछि चर्चामा थिए । चौधरी प्रदेशसभा निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नं‍. १ (ख)मा स्वतन्त्र उम्मेदवार थिए।

गएराती चौधरी घरमै बसिरहेका थिए । उनका भाई जितेन्द्र र स्थानीय अजित भनिने बन्टी पाण्डेबीच राती ९ बजे पसलमा सामान किन्न गएको बेला भनाभन भयो । भनाभन भएपछि जितेन्द्रले दाजु दीपेन्द्रलाई फोन गरेर बोलाए ।

विवाद भएको स्थानमा पुगेपछि दीपेन्द्र र अजितबीच फेरि भनाभन भयो । विवादपछि अजितले दीपेन्द्रमाथि गोली प्रहार गरेको उनका भाई जितेन्द्रले बताएका छन् । हत्यारालाई कारवाही नहुञ्जेल चौधरीको शव आफन्तले नबुझ्ने भएका छन्। हत्याराको जानकारी प्रहरीलाई हुंदा समेत पक्राउ नगरेको भन्दै आफन्त तथा शुभचिन्तकहरु आक्रोशित भएका छन्।

प्रहरीका अनुसार चौधरीको टाउकोमा ६ राउण्ड गोली प्रहार भएको छ । टाउकोमा गोली लागेपछि उनको घटनास्थलमै मृत्यु भएपनि उनलाई रुपन्देहीस्थित भैरहवा मेडिकल कलेजमा लगिएको थियो ।

स्थानीय विवादमा शुक्रबार राति करिब साढे १० बजे चौधरीमाथि गोली प्रहार भएको प्रहरी उपरिक्षक अच्युत पुडासैनीले बताए।

प्रकाशित मिति : शनिबार, मंसिर ८ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij