विश्वमा कोरोना : २ लाख ४८ हजार को मृत्यु, ११ लाख निको

विश्वमा कोरोना : २ लाख ४८ हजार को मृत्यु, ११ लाख निको

काठमाडौं- विश्वमा कोरोना महामारीका कारण ज्यान गुमाउनेको संख्या २ लाख ४८ हजार नाघेको छ ।

वल्डोमिटर्स्को सोमबार बिहानसम्मको तथ्याङ्क अनुसार कोरोना भाइरस संक्रमणका कारण २ लाख ४८ हजार १३७ जनाको ज्यान गएको हो ।

सबैभन्दा धेरै अमेरिकामा ६८ हजार ५६९ जनाको ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार १२५ जनाको ज्यान गएको छ ।

इटलीमा २८ हजार ८८४, स्पेनमा २५ हजार २६४, बेलायतमा २८ हजार ४४६, फ्रान्समा २४ हजार ८९५ जनाको ज्यान गइसकेको छ ।

कोरोना भाइरसको संक्रमितको संख्या ३५ लाख ६२ हजार नाघिसकेको छ ।

२१ लाख ६१ हजार ५१३ जनाको उपचार भइरहेको छ ।

जसमध्ये ५० हजार ४३ जनाको अवस्था गम्भीर रहेको छ ।

निको हुनेको संख्या पनि दैनिक बढ्दो अवस्थामा छ ।

हाल सम्म ११ लाख ५३ हजार ८४७ जना निको भएका छन् ।

प्रकाशित मिति : सोमबार, बैशाख २२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij