काठमाडौं ।
संघीय संसदका सबै सदस्य र कर्मचारीहरुको पीसीआर विधिबाट कोरोना परीक्षण गरिने भएको छ । मंगलबार बसेको कार्यव्यबस्था परामर्श समितिको बैठकले यस्तो निर्णय गरेको हो । त्यसैगरी संघीय संसदको सभाहलहरु, कक्षहरु, भवन र परिसरलाई स्यानीटाईज गर्ने निर्णय पनि भएको छ ।
बैठकले विश्व स्वास्थ्य संगठनले तोकेका सवै मापदण्डलाई पालना गर्दै दुरी कायम गरेर बैठकहरु सञ्चालन गर्ने निर्णय गरेको छ ।
संघीय संसद भवनमा कोरोना संक्रमण हुन नदिन सबै पुर्व तयारी गर्ने र संघीय संसद भवनको सरसफाईमा विशेष ध्यान दिने निर्णय गरेको सभामुख अग्नि सापकोटका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभएको छ । संसदको बजेट अधिवेशन बैशाख २६ गतेबाट सुरु हुँदैछ ।
प्रकाशित मिति : मंगलबार, बैशाख २३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्