काठमाडौं ।
युनाइटेड अरब इरिमरेट्सको दुबईस्थित इमिरेट्स क्याब ट्याक्सीमा काम गर्ने नेपाली नागरिकले नेपाली दूताबासमा धर्ना दिएका छन् ।
उनीहरु धर्ना दिनका लागि दुबईबाट आबुधावी पुगेका थिए । कोरोना भाइरसको महामारी फैलिने भएपछि इमिरेट्स क्याबमा काम बन्द भएपछि अलपत्र परेका नेपाली नागरिकले स्वदेश फर्काउन माग गर्दै दूतबासमा धर्ना दिएका हुन् ।
यूएईको सारजहास्ति कम्पनीले वेवास्ता गर्दा ३० जना नेपाली नागरिक अलपत्र परेका थिए । ति मध्ये १७ जना श्रमिक धर्नाका लागि आबुधावी पुगेका थिए । उनीहरुलाई यूएईमै रहेका नेपालीहरुले उद्दार गरेर कोठा खोजेर राखेका थिए ।
तर, कोठा भाडाको समय अवधि सकिएपछि फेरि अलपत्र हुने अवस्था आएको भन्दै उनीहरु लगेज बोकेरै दूतावासमा पुगेका थिए ।
उनीहरु धर्नामा बसेपछि दूतावासमा छलफल भै एनआरएनएको सहयोगमा सारजाहमा बस्ने व्यवस्था मिलाएको बताएइको छ ।उनीहरुलाई सारजाहसम्म लैजाने प्रवनध पनि मिलाइएको दूतावासले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, बैशाख २३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्