दुई बुँदे सहमतीपछि बुद्धनगरको घटना मिल्यो

दुई बुँदे सहमतीपछि बुद्धनगरको घटना मिल्यो

बुटवल – राहातका विषयमा भिडियो सार्वजनिक भएपछि विवाद भएको बुटवल ११ बुद्धनगरका सिता आब्जु परियारको विषय सर्वपक्षिय छलफलपछि सहमतीमा टुङगिएको छ ।

वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले आत्मआलोचना सहित सिताको परिवारलाई शान्ति सुरक्षाको प्रवन्धका लागि लिखित र मौखिक प्रतिवद्धता जनाएपछि सहमती भएको हो । मानव अधिकारकर्मी,नागरिक समाजका प्रतिनिधिहरु जनप्रतिनिधि तथा सिताका आफन्तहरुको सहभागितामा दुई बुद्धे सहमती गरिएको पुर्व सांसद विनोद पहाडिले बताए ।
यस अघि सिताले राहात लगायतका विषयमा वडा अध्यक्ष क्षेत्रीलाई सम्बोधन गर्दै फेसबुकमा भिडियो सार्वजनिक गरेपछि घटना शुरु भएको थियो । उक्त भिडियोका विषयमा वडा कार्यालयमा वोलाएर आफुलाई हप्कीदप्की गरि अपमान गरिएको र आफ्ना छोरा छोरी समेत असुरक्षित भएको भन्दै सिताले न्यायको अपिल गरेकि थिईन । उनले असुरक्षित समहुस गर्दै आत्महत्याको समेत प्रयास गरेको परिवारले मिडियामा बताएका थिए । विषय वस्तु गंभिर बन्दै गएको भन्दै अधिकारकर्मीहरुले दुवै पक्षसंग छलफल गरि सहमतीको वातावरण तयार भएको मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय वरिष्ठ उपसभापती गोविन्द खनालले बताए ।

छलफलका क्रममा वडा अध्यक्ष क्षेत्रीले आफ्नो त्यस्तो कुनै नियत नभए पनि सितालाई पर्न गएको चोट प्रति वडाको अभिभावकका हिसावले आत्मआलोचना गर्दै र आगामी दिनमा यस्ता घटना नहुने प्रतिवद्धता जनाएका थिए । सबै मिलेर आगामी दिनमा अघि बढ्ने भन्दै मानविय त्रुटीलाई सच्चाएर अगि बढ्नु आफु तयार रहेको र सितालाई पनि आग्रह गरेका थिए ।
वडा कार्यालयमै भएको गतिविधिपछि आफुलाई अपमान महसुस गरेकी सिताले वडा अध्यक्षले सबैको तर्फबाट आत्मआलोचना गरी यस्ता घटना अवका दिनमा नहुने प्रतिवद्धता जनाएकोले यो विषय अव सकिएको बताईन । उनले दाजु बहिनीको नाताले आगामी दिनमा सहकार्यको वातावरण जनप्रतिनिधिहरु ले नै बनाउनु पर्ने पनि बताईन् । संवादका माध्यमबाट सिताको परिवारलाई न्याय दिने र यो घटना अवका दिनमा दुवै पक्षले अघि नवढाउने सहमती भएको हो ।
पुर्व सांसद विनोद पहाडी, मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय वरिष्ठ उपसभापती गोबिन्द खनाल, संवाद समुहका प्रतिनिधि बिक्रम खड्का, समाजसेवी बाबुराम पन्थी, लोक वहादुर नेपाली लगायतको पहलमा संवाद भएको थियो । छलफलमा वडाका जनप्रतिनिधिहरु नहकुल शाही, मार्या दर्नाल, सुष्मा अर्याल, राण वहादुर थापा, पुर्ण वहादुर दर्जी, विनोद पोख्रेल, बुद्धनगरका दिदिवहीनीहरुको पनि सहभागिता रहेको थियो ।

प्रकाशित मिति : बिहिबार, बैशाख २५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij