दाङमा ३८ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

दाङमा ३८ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

दाङ
कोरोना संक्रमणको शंकामा स्वाबको नमुना परीक्षण गरिएका दाङका ३८ जनाको रिपोर्ट नेगेटिभ आएको छ। शुक्रबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हो। कोरोना संक्रमणको शंकामा प्रतिष्ठान, कोरोना विशेष अस्पताल बेलझुण्डी, राप्ती गाउँपालिका, लमहीको क्वारेन्टाइनबाट आएका ३८ जनाको नमुना परीक्षण गरिएको हो। हालसम्म प्रतिष्ठानमा ९७ जनाको पिसिआर परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानका कायममुकायम रजिस्टार कैलासप्रसाद देवले जानकारी दिए। त्यसैगरी कोरोना विशेष अस्पतालमा हालसम्म १०२ जना भर्ना भएका र सबैको रिर्पोट नेगेटिभ आएको कोभिड–१९ फोकल पर्सन कलम चन्दले जानकारी दिए। त्यसैगरी पछिल्लो समय अस्पतालमा भर्ना भएका १४ जनाको शुक्रबार रिपोर्ट नेगेटिभ आएपछि उनीहरु डिस्चार्ज भएका छन्। विभिन्न स्थानीय तहहरुमा रहेका क्वारेन्टाइनमा १४१ जना रहेका छन्। त्यसैगरी आरडिटी विधिबाट अलिहेसम्म २०० जनाको परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको समेत फोकल पर्सन चन्दले बताए।

प्रकाशित मिति : शनिबार, बैशाख २७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij