बुटवल- कोभिड १९ नागरिक सरोकार अभियानको पहलमा बुटवल १५ उजेलापुर स्थीत लुम्बिनी अपाङ्ग तथा दृष्टि बिहिन आश्रम मा रहेका बालबालिकालाइ लत्ताकपडा वितरण गरिएको छ । बुटवल १ निवासी महेन्द्र श्रेष्ठको सौजन्यमा आश्रम मा रहेका महिला बालबालिकालाई लगाउने लत्ताकपडा उपलब्ध गराइएको हो ।सो अबसर मा आश्रमका सचिब मोहन ढेगामगर ,सदस्य टक बिकले सहयोगिहरुलाई धन्यवाद दिनु भएको थियो । कार्यक्रममा अभियानका सयोजक बिनोद पहाडी, सदस्य अधिवक्ता बिजय गौतम, बिनोद पोखरेल ,महेन्द्र श्वेस्ट वडा सदस्य अञ्जली गोतामे लागायतको सहभागिता रहेको थियो । यस अघि सोही ठाँउमा चमल दाल तेल नुन आलु प्याज चना लगायत खाद्यन्न बितरण गरिएको थियोे ।
प्रकाशित मिति : आइतबार, बैशाख २८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्