बुटवल, ।
नेपाली भूमि अतिक्रमण गरेर भारतले दार्चुलाको कालापानी क्षेत्रमा बाटो खोलेकोप्रति मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवलमा प्रर्दशन गरेको छ । लिपुलेकको पिथौरागढ हुँदै चीनको मानसरोवर जोड्ने गरी निर्माण गरेको सडकको उद्घाटन गरेको विरोधमा शान्ति समाजले बुटवलको पुष्पलाल पार्कमा विरोध प्रर्दशन गरेको हो ।
भारतीय सेना कालापानीबाट फिर्ता गर, दुई देशका नागरिक स्तरको सदभाव कायम गर, लिपुलेक सडक निर्माण तत्काल रोक, कुटनीतिक पहल तिब्र गर, नेपाल सरकार स्वेतपत्र जारी गर लगायतका प्ले कार्ड सहित समाजले विरोध प्रर्दशन गरेको हो ।
विरोध प्रदर्शन कार्यक्रममा बोल्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनालले भारतले नेपालको भूमि पटक पटक मिच्ने गरेको र दक्षिण एसियामा भारतले साम्राज्यवादी प्रवृत्ति देखाएको आरोप लगाउनु भयो । यस विषयमा सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, आम नागरिकले सरकारलाई सहयोग गर्ने भन्दै उपसभापति खनालले सरकारले लिपुलेकसहितको नेपाली नक्सा सार्वजानिक गर्न र कालापानीबाट भारतीय सेनालाई फिर्ता गर्न खुट्टा कमाउन नहुने बताउनुभयो ।
शान्ति समाज रुपन्देहीका सभापति डि।पि।खनालले विश्वभर कोरोनाको त्रास, संक्रमण र संकट भएपनि मातृभूमिको सिमा मिचिदा त्यसै बस्न नसकिएकाले सामाजिक दूरी कायम राखेर विरोध प्रदर्शनमा उत्रिएको वताउनु भयो ।
प्रकाशित मिति : सोमबार, बैशाख २९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्