हाटबजार व्यवसायी संघले भन्यो निम्न वर्गिय परिवारलाई राहत उपलब्ध गराउ

हाटबजार व्यवसायी संघले भन्यो निम्न वर्गिय परिवारलाई राहत उपलब्ध गराउ

बुटवल-कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै मुलुक यतिबेला लकडाउनमा छ । गत चैत १० गतेदेखि जारी लकडाउन बढ्दै जाँदा दैनिक मजदुरी गर्ने निम्न वर्गका मजदुरहरु समस्यामा परेका छन् । हाटबजार व्यवसायी संघका अध्यक्ष भीमलाल ज्ञवालीले सोमबार एक विज्ञप्ति जारी गर्दै निम्न बर्गिय परिवारलाई राहत उपलब्ध गराउन सरकारसँग आग्रह गरेका हुन । उनले तत्काल राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए । लकडाउन थपिदै जाँदा हाटबजारमा व्यवसाय गर्दै आइरहेका व्यवसायीहरुलाई दैनिक जीवनयापनमा समस्या परेको उल्लेख गर्दै ज्ञवालीले विशेष राहत प्याकेज ल्याउन सरकार आग्रह गरे । सरकारले विपन्न परिवारका लागि केही राहत सामग्री उपलब्ध गराएपनि त्यसले बिहान–साँझको छाक टार्नसमेत असहज भएको भन्दै सरकारलाइ गम्भीर भएर निम्न वर्गीय व्यवसायी र तिनका परिवारहरुको उद्धार गर्न अनुरोध गरेको छ । दैनिक रुपमा हाटबजारमा व्यवसाय गर्दै आएका व्यवसायीहरु चैतको पहिलो साताबाटै आप्mनो व्यवसाय बन्द गरी बसिरहेका छन् ।

प्रकाशित मिति : सोमबार, बैशाख २९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij