कोरोना संक्रमितको संख्या १ सय ९१ पुग्यो, आजै थपिए ५७ जना

कोरोना संक्रमितको संख्या १ सय ९१ पुग्यो, आजै थपिए ५७ जना

काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुग्यो । मंगलबार एकै दिन ५७ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ सय ९१ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आज थप ५७ जनामा कोरोना पोजिटिभ देखिएको जानकारी दिएको हो ।

मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणअनुसार नयाँ संक्रमित सबै पुरुष रहेका छन् ।

जसमध्ये पर्साका ३९ जना, रुपन्देहीका ९ जना, कपिलवस्तुका ८ जना र बाराका एक जना रहेका छन् ।

उनीहरू सबैको स्वास्थ्य सामान्य रहेको र सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जनाइएको छ ।

यससँगै संक्रमितको संख्या १ सय ९१ रहेको छ भने ३३ जना निको भइसकेका छन् ।

प्रकाशित मिति : मंगलबार, बैशाख ३० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij