बुटवल-रुपन्देहीका पहिलो कोरोना संक्रमित युवा उपचार पछि निको भएका छन् ।
शुक्रबार र सोमबारको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको कोरोना अस्पतालका डा. सुदर्शन थापाले बताए ।
उनलाई उपचारका लागि बुटवलको धागो कारखानास्थित कोरोना विषेश अस्पतालमा राखिएको थियो ।
गत ५ वैशाखमा लुकिछिपि नेपाल आएका उनमा कोरोना पोजेटिभ देखिएपछि उनलाई १९ वैशाखमा उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
उनी रुपन्देहीको कोटहीमाई गाउँपालिकाका निवासी २५ बर्षे युवा हुन । कोरोना संक्रमित भएपछि अस्पतालमा उपाचाररत रहँदा छमछमती नाचेको उनको भिडियो सामाजिक सञ्चालमा भाइरल बनेको थियो ।
प्रकाशित मिति : मंगलबार, बैशाख ३० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्