बटवल ।
भारतले चीनको मानसरोवर जाने सडक निर्माण गर्दा नेपाली भू–भागमा बनाएको समाचार सार्वजनिक भएपछि राष्ट्रिय प्रजातन्त्र पाटीले त्यसको विरोधमा प्रर्दशन गर्दै आएको छ । कोरोना महामारीका बिच गरिएको विरोध प्रदर्शनमा सीमा मिच्न पाईदैन, भारतीय हस्तक्षेप मुर्दावाद, कालापानी हाम्रो हो, लिपुलेक लिम्पीयाधुरा हाम्रो हो जस्ता नारा लगाईएको थियो ।राष्ट्रिय प्रजातन्त्र पार्टीले बुटवलको हस्पिटल लाइनमा भारत विरुद्ध प्रदर्शन गरेको हो
राष्ट्रिय प्रजातन्त्र पार्टीका बुटवलका अध्यक्ष निरज खाँणको नेतृत्वमा भएको विरोध प्रर्दशनमा केन्द्रिय सदस्यद्धय ईरसाद आलम, राजेन्द्र पाण्डे, नविन पौडेल तथा विभिन्न तह र तप्काका कार्यकर्ताहरुको सहभागितामा साकेंतीक प्रदर्शन गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी मध्यपूर्व संयोजक तोयानाथ लम्सालले जानकारी दिनुभएको छ ।
र्यालीमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य नवीन पौडेल, राजेन्द्र पाण्डे, इरसाद आलम साथै नगर अध्यक्ष निरज प्रताप खाँड, क्षेत्रीय अध्यक्ष राम बहादुर थापा, मध्यपुर्ब संयोजक तोयानाथ लम्साल, ट्रेड युनियन महासंघ नेपाल टुकोनका उपाध्यक्ष राजन अधिकारी लगायत अन्य पदाधिकारीको पनि उपस्थिति थियो । कार्यक्रम शान्तिपूर्ण भएको जानकारी केन्द्रीय सदस्य नवीन पौडेलले बताउनु भयो ।
प्रकाशित मिति : बुधबार, बैशाख ३१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्