रुपन्देहीमा थप १२ जना सहित २४ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या २ सय ४३ पुग्यो

रुपन्देहीमा थप १२ जना सहित २४ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या २ सय ४३ पुग्यो

बुटवल- रुपन्देहीमा थप १२ जना सहित २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देहीमा १२ जना , कपिलवस्तु ८ जना , पर्सा ३ जना  र नवलपरासीमा १ जना कोरोना संक्रमित भेटिएका हुन् । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।

रुपन्देही जिल्ला निवासी २२, २२, २५, २८, ३०, ३२, ३२, ३३, ४१ वर्षिय पुरुषहरु र ४, १०, २८ वर्षिय महिलाहरु संक्रमित छन ।

त्यस्तै कपिलवस्तु निवासी २२, २९, ३२, ४०, ४०, ४०, ४२, ४२ वर्षिय पुरुषहरु, पर्सा निवासी ३६, ७४ वर्षिय पुरुषहरु र ३६ वर्षिय महिला, नवलपरासी निवासी ३६ वर्षिय पुरुष संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रकाशित मिति : बुधबार, बैशाख ३१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij