अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीका परिवार र आफन्तको कोरोना परीक्षण हुने

अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीका परिवार र आफन्तको कोरोना परीक्षण हुने

काठमाण्डाै – सरकारले कोरोना रोग रोकथाम, नियन्त्रण र उपचारको अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षामा ध्यान दिन अनुरोध गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आफू सुरक्षित रहेमात्रै बिरामीलाई सेवा दिन सकिने भएकाले उच्च सुरक्षा उपनाउन आग्रह गर्नुभयो ।

व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) र कोरोना परीक्षणकाे किट सरकारसँग पर्याप्त रहेकाले यसको उपयोग गरेर सुरक्षित रहन उहाँले स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो ।

सरकारले कोरोनाविरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीका परिवार र आफन्तको कन्ट्याक्ट ट्रेसिङ गरेर कोरोना जाँच गर्ने पनि डाक्टर देवकोटाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : बुधबार, बैशाख ३१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij