दाङ : दाङमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ । रुकुमबाट बिरामी लिएर कोहलपुर जाँदै गरेको रा १च ७८१ नं को एम्बुलेन्स दाङको लमही नगरपालिकास्थित अमिलियामा दुर्घटना भएको हो ।
दुर्घटनामा रुकुमका ७३ वर्षीय भीमु जैसी घाइते हुनुभएको इलाका प्रहरी कार्यालय अमिलियाले बताएको छ । जैशी दमको रोगी भएकाले उपचारका लागि कोहलपुर लैजाँदै गर्दा गए राति २ बजे दुर्घटना भएको प्रहरीले बताएको छ । एम्बुलेन्समा बिरामी जैसी, एक बिरामीको आफन्त र चालक सवार थिए ।
नगरपालिका स्वास्थ्यचौकी सतबरियाको रा १ज १२३ नं को एम्बुलेन्समा बिरामीलाई कोहलपुर पठाइएको छ ।
प्रकाशित मिति : आइतबार, मंसिर ९ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्